Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा ४९ उजुरी दर्ता

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५/७६ मा ४९ उजुरी दर्ता भएको छ । सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताए ।

सकेसम्म उजुरी मेलमिलापबाटै टुंग्याउने गरेको र मिल्दैै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख राईले बताए । उहाँका अनुसार तीमध्ये १५ उजुरीमा मेलमिलाप गरिएको छ । छ वटालाई अदालतमा सिफारिस गरिएको छ भने १३ वटा फछ्र्याेट भएको छ । बाँकी २२ उजुरी प्रक्रियामै रहेको राईले बताउनुभयो । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर–जग्गा विवाद, पारिवारिक विवाद, गालीगलौज, लेनदेन विवाद र घरबहालसम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

चालू आवमा पारिवारिक विवादका नौ उजुरी दर्ता भएको छ । नगरपालिकाको न्यायिक समितिमा घरबहालसम्बन्धी ६ र गालीगलौजसम्बन्धी चार उजुरी दर्ता भएको छ । त्यस्तै सम्बन्धविच्छदेका ६ तथा बाटो विवादसम्बन्धी र लेनदेन ठगी विवादसम्बन्धी चार/चार उजुरी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ । न्यायिक समितिमा वातावरण प्रदूषणसम्बन्धी उजुरी पनि पर्ने गरेको कार्यालयले जनाएको छ ।

कलकारखानाको ध्वनि प्रदूषणका कारण नजिक रहेको बस्तीमा बस्न समस्या भएको छ । दैनिक कामकाजमा समेत बाधा पुगेकाले न्यायिक समितिमा उजुरी आउने गरेको राईले बताए । नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies