Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बम पड्काउनेलाई निषेध गरिएको छ: प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन्। पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताए।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्यसले देशलाई आधुनिकतामा लैजाने उल्लेख गर्दै सबैतिर सन्तुलन मिलाएर विकास निर्माणको काम तीव्र बनाइने बताए। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लक्षित गर्दै उनले भने, “कसैलाई बम पड्काउने, मान्छे मार्ने, अशान्ति मच्चाउने काम गर्ने सोचेको छ भने बन्द गर्नुपर्छ, त्यसैले बम पड्काउनेलाई निषेध गरिएको छ। कसैले यस्ता गलत काम गर्छ भने कानूनअनुसार कारवाही हुन्छ।”

प्रधानमन्त्री ओलीले लुम्बिनीको बृहत्तर हितलाई ध्यान राखेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको जानकारी दिँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुनुपर्ने छैन भने। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरु आउने विश्वास व्यक्त गरे।

लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताउँदै उनले भैरहवा–लुम्बिनी–तिलौराकोटसम्मको सडक विस्तारका लागि काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने, “राजमार्गदेखि लुम्बिनी पुग्ने सडक पनि फराकिला बनाउन आवश्यक छ काम थाल्नुस्।”

उनले शिलान्यास गरिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड मात्र नभएर अब सबैतिर नै विस्तार र स्तरोन्नतिको काम अघि बढाइने बताउँदै भने, “सबै सडकलाई विस्तार र स्तरीय बनाइन्छ, वि.सं. २०८० सम्मको वर्ष निर्माणकै वर्ष हुनेछ ।”

प्रदेश नं.–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकार स्थापनापछि मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक रुपमा वृद्धि भएकाले यो विकास र समृद्धिको सम्भावना देखिएको बताए। उनले नेपालमा पछिल्ला एक वर्षका अवधिमा चार लाख पर्यटक पढेको र वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउँदा खाद्यान्न लगायतका वस्तुको आयातमा भएको वृद्धि स्वाभाविक भएको बताए।

उनले समृद्धिको दिशामा अघि बढ्दा जनतामा निराशा छर्ने काम कतैबाट पनि नगर्न अनुरोध गरे। मुख्यमन्त्री पोखरेलले लुम्बिनी देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि यसको विकासमा पर्याप्त काम हुन नसकेको बताए। उनले लुम्बिनीदेखि तिलौराकोटसम्म पुग्ने सडकको समेत विस्तार गरेर चार लेन बनाउन सङ्घीय सरकारसमक्ष माग गरे। उनले सबै क्षेत्रका जनतालाई विकासको अवसर दिलाउन सरकारले पूर्व पश्चिम रेलमार्गको काम पश्चिमबाट समेत शुरु गर्नुपर्ने माग गरे।

सङ्घीय संसद्का सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका काममा पक्ष विपक्षी हुन नहुने बताए। वर्तमान सरकारले विकास र समृद्धिका कामलाई तीव्र गतिमा अघि बढाएको बताउँदै उनले अबको ४ वर्षमा जनप्रतिनिधिका रुपमा जनतासँग अधुरा आयोजना के के छन् भनेर सोधिनेछ भने।

आफूले जनतासँग गरेका प्रतिबद्धताअनुसार पूरा गरेरै छाड्ने बताउँदै उनले निर्माण शुरु हुन लागेको बुटवल नारायणगढ सडकखण्डको काम निश्चित समयमा सक्न र गुणस्तरीयतामा विशेष ध्यान जानुपर्नेमा जोड दिए। नेता पौडेलले निर्माणकै क्रममा बर्दघाटदेखि दुम्किबाससम्मको दाउन्ने पहाडमा सुरुङ निर्माण गर्न सके उक्त सडकको दूरी छोट्याउन सकिने बताए।

उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी ४२ महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ। सडक स्तरोन्नतिका लागि एशियाली विकास बैंकको सहुलियत ऋण ८५ र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु. १७ अर्बको लागतमा काम शुरु हुने भएको छ।

यसका लागि नेपाल सरकार सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइनाको निर्माण कम्पन्न चाइना स्टेट कन्सट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ।

बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने सम्झौता गरिएको छ। उक्त सडकखण्ड हाल दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइनेछ।

सडकको दुई–दुई लेनको बीचको भागमा हरियाली बनाउने गरी योजना नक्साङ्कन गरिएको छ। सडकको मानव बस्ती भएको क्षेत्रमा भने सर्भिस लेनसहित ६ लेनको र जङ्गल क्षेत्रमा चार लेनको हुने बताइएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies