Khabar Dabali Logo
  July 16, Tue

महिला आयोगमा ह्वात्तै बढे ‘लिभिङ टुगेदर’ का उजूरी

काठमाडौँ । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिए।

“दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले भन्नुभयो । उहाँका अनुसार सामान्य नागरिकका उजूरीका सवालमा चित्तबुझ्दो नतिजा आए पनि सुरक्षाकर्मीका सवालमा भने अहिलेसम्म चित्तबुझ्दो नतिजा आउन सकेको छैन ।

आयोगले त्यस्ता खाले उजूरीको तथ्याङ्कलाई छुट्टै राख्ने भन्दा पनि घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्याङ्कअनुसार २५ प्रतिशत उजूरी शारीरिक यातनासँग सम्बन्धित छन् ।

त्यस्तै २९ प्रतिशत आर्थिक विषयसँग र १० प्रतिशत यौन यातनासँग सम्बन्धित छन् भने ३६ प्रतिशत उजूरी भावनात्मक यातनासँग सम्बन्धित छन् । चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८१८ र महिला हिंसाका १०७ गरी जम्मा ९२५ उजूरी परेका छन् ।

तथ्याङ्कअनुसार घरेलु हिंसाका उजूरी ८५ प्रतिशत छ भने महिला हिंसाका उजूरी १५ प्रतिशत छन् । सबैभन्दा बढी उजूरी दलित, जनजाति तथा पिछडिएको समुदायका महिलाबाट पर्ने गरेको देखिएको आयोगले बताएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी महिला हिंसाका घटना काठमाडौँमा हुने गरेका छन् । त्यस्तै शिक्षित महिलाका घटना फाट्टफुट्ट मात्र पर्ने गरेका छन् ।

आयोगमा घटना दर्ता गर्ने महिला बढी अशिक्षित तथा अर्धशिक्षित छन् । आयोगमा सामान्य महिलाका मात्र नभई उच्च घरानीया महिलाले समेत उजूरी दिने गरेको पाइएको छ ।

आयोगका उजूरी सुनुवाइका लागि ल्याक, सेलर्ड, नेपाल बार एशोसिएशन, साथीलगायत अन्य सङ्घ संस्थासँग पनि सहकार्य गरी कानूनी सहायता समेत गर्दै आएका छन् । आयोगको निःशुल्क हटलाइन नम्बर ११४५ मार्फत केही उजूरी दर्ता हुने गरेका छन् ।

महिला साथी, छिमेकी, प्रहरी, विभिन्न सङ्घसंस्थालगायत प्रहरीमार्फत पनि आयोगमा आइपुग्ने गरेका छन् । हाल सङ्घीयता कार्यान्वयनपछि आयोगले सातैवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिने नीति अघि ल्याएको छ ।

हाल विभिन्न स्थानीय सङ्घसंस्थामा सहकार्य गरी आयोगले देशका ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । हाल महिलाका लागि मात्र नभइ पीडित पुरुषलाई समेत न्याय दिलाउने काम भइरहेको छ । पुरुषका हकमा भने हालसम्म दुई प्रतिशत मात्र आयोगमा आइपुगेका छन् ।

चैत ८ गते, २०७५ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका...   

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   

भाेली चन्द्रग्रहणः डेढ सय वर्षमा बन्दैछ दुर्लभ योग, जान्नुहाेस् कुन राशीलाई कति फाइदा ?

काठमाडौं । भोली मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   

शेयर बजार: नेप्से पाँच अङ्कले बढ्यो

काठमाडौं । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top