Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनशिपको फाइनलमा

श्रीलंकालाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै नेपाली महिला टोली दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा खेलाडी पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता पौडलले गोल गरेका हुन्।

विराटनगरको गर्मीमा घरेलु दर्शकका माझ सहज ठानिएको खेल जित्न भने निकै संघर्ष गर्नुपर्‍यो।

अपेक्षित रुपमा बलियो मानिएको नेपाल विरुद्ध श्रीलंकाले बलियो रक्षा रणनीति बुनेको थियो।

विपक्षी विरुद्ध हावी
जसलाई तोड्न नेपाली खेलाडीलाई ४२ मिनेट समय लागेको थियो। तर खेल सकिने बेलामा भने नेपाल विपक्षी विरुद्ध हावी भएको देखियो र गोल संख्या थपिरह्यो।

मध्यान्तर हुन ३ मिनेट बाँकी रहेको बेला विपक्षी पोष्ट भित्र कप्तान निरु थापाले निकालेको पासमा गोल लाइन नजिक रहेकी पुनमले फाइनल टच दिएर नेपालको अग्रताको सुरुआत गरेकी थिइन्।

७३ औं मिनेटमा अनिताले गरेको गोल दर्शनीय थियो।डि बक्समा बल खोसाखोसको स्थिति चलिरहेको बेला डि बक्स बाहिर फर्केको बललाई उनले सेकेन्ड बारु च्यापेर पोष्टमा प्रहार गरेकी थिइन्।

खेल सकिनु ७ मिनेट बाँकी रहेको बेला सावित्रा भण्डारीले हेड गोल गरेकी हुन्।

यो सँगै उनको गोल संख्या २५ पुगेको छ। र यसअघिको जमुना गुरुङले बनाएको दोस्रो उच्च गोल संख्याको बराबरी गरेकी छिन्।

नेपाल र श्रीलंका आमने सामने भएको यो छैटौँ पटक हो। जसमा नेपालले सबै खेलमा विजयी नतिजा निकालेको छ।

सन् २०१० मा ढाकामा भएको सागमा ८-० तथा २०१२ र २०१४ को साफमा नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो। त्यस्तै सन् २०१६ को चौथो भेटमा ४-० तथा १६ मै भएको साफ च्याम्पियनसिपमा नेपालले १(० ले हराएको थियो।

नेपालले अब आज बुधवार नै हुने भारत र बांग्लादेशका विजेतासँग उपाधिका लागि खेल्नेछ। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies