Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेपाली सेनाद्वारा विद्यालय भवन मर्मत

दैलेख । पानी पर्दा चुहिने दैलेखको एक सामुदायिक विद्यालयको जीर्ण भवन मर्मत गरिएको छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखले उक्त भवन मर्मत गरेको हो ।

सेनाले दैलेखको नारायण नगरपालिका–११ जुफियामा रहेको वडाभैरव आधारभूत विद्यालयको तीनकोठे जीर्ण भवन मर्मत गरेको हो । जीर्ण अवस्थामा रहेको उक्त भवन रु दुई लाख लागतमा मर्मत गरिएको इन्द्रदल गुल्म दैलेखका गुल्मपति सुनिलकुमार मल्लले जानकारी दिए।

“भवन मर्मतका लागि एक साता अघिदेखि नेपाली सेनाका अधिकृत तथा २० जवान विद्यालयमै खटिएका थिए”, गुल्मपती मल्लले भने, “विद्यालयको भवन जीर्ण अवस्थामा रहेको भन्दै नारायण नगरपालिकाको आग्रहपछि सेनाको स्रोतसाधन प्रयोग गरेर विद्यालयको भवन मर्मत गरेका हो ।” पत्थरको छानो रहेको उक्त भवन पानी पर्दा चुहिने र भत्कने अवस्थामा रहेको थियो ।

नेपाली सेनाले जीर्ण भवनको छानो टिन (कर्कट पाता) ले छाएको छ भने भवनमा रङरोगनसमेत गरेको छ । मर्मतपछि उक्त भवन टाढाबाटै हेर्दा सुन्दर देखिएको छ । सेनाद्वारा मर्मत गरिएको भवन विद्यालयलाई हस्तान्तरण गर्न पुग्नुभएका नगरपालिका प्रमुख रत्नबहादुर खड्काले नेपाली सेनाले महत्वपूर्ण कार्य गरेको धारणा राखे । “यसअघि यहाँ आउँदा भवन भत्कने तरखरमा थियो”, उनले भने, “सेनाले थोरै बजेटमा महत्वपूर्ण कार्य गरेको छ ।” भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी स्थानीय सरकारको रहेको बताउँदै नगरप्रमुख खड्काले आगामी आर्थिक वर्षमा सोही विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले नेपाली सेनाले समुदायको आवश्यकताका आधारमा गरेको सामाजिक कार्यले विद्यालयलाई राहत पुगेको बताउनुभयो । आर्थिकरूपमा कमजोर रहेका सामुदायिक विद्यालयको जीर्ण अवस्थामा रहेको भवन निर्माण गरेर सेनाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सजिलो बनाइदिएको उहाँको भनाइ छ । विद्यालयका प्रधानाध्यापक मनसरा थापाले आर्थिक स्र्रोत कमजोर भएको विद्यालयमा सेनाले जीर्ण भवन मर्मत गरिदिएकामा धन्यवाद दिए ।

भवन मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर मल्लले बताए । यसैबीच सेनाले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकूदका सामग्री प्रदान गरेको छ । भवन मर्मत गर्दा आवश्यक सामग्री खरीद गरी बचाएको रकमले विद्यालयमा भलिबल, नेटलगायतका खेलकूद सामग्री प्रदान गरेको गुल्मपति मल्लले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies