Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भुटानी शरणार्थी: कसैको स्वदेश फर्कने इच्छा, कसैको नेपालमै समायोजन होस् भन्ने

नेपालले भुटानी शरणार्थीका विषयमा भुटानसँग वार्ता गर्ने तयारी थालेको बताए पनि त्यस दिशामा हालसम्म कुनै प्रगति देखिएको छैन।

अमेरिका, अस्ट्रेलिया र विभिन्न युरोपेली देशहरूमा पुनर्स्थापना गरेपछि बाँकी भएका झन्डै साढे छ हजार शरणार्थीहरू पूर्वी नेपालका बेल्डाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।

तिनलाई स्वदेश फिर्ता गर्ने विषयमा भुटानसँग वार्ता गर्न गृह मन्त्रालयले गत कार्तिक महिनाको अन्त्यतिर मन्त्रिपरिषद्‌मा प्रस्ताव प्रस्तुत गरेको थियो।

शिविरमा बाँकी रहेका भुटानी शरणार्थीले स्थानीय समाजमा समायोजन हुने पाउनुपर्ने मागसहित तीनवटा विकल्प खोजेका छन्।

नेपालले शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर नगरेकाले उनीहरूको समायोजनको सम्भावना अत्यन्त न्यून देखिएको छ।

वार्ता हुने छाँटकाँट नदेख्दा शरणार्थीहरूको स्वदेश फिर्ता हुने सम्भावना र समग्र भविष्यबारे अन्योल कायम रहेको छ।

प्रस्ताव
भुटानमा नयाँ सरकार गठन भएसँगै नेपाल सरकारले भुटानसँग वार्ताको पहलका लागि नयाँ प्रस्ताव लगेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भुटानसँग विगतमा भएका १५ वटा वार्ता विनानिष्कर्ष टुङ्गिएका थिए। त्यसपछि भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको थियो।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार भुटानमा नयाँ सरकार आएपछि भुटानी शरणार्थीका विषयमा के समाधान निकाल्न नेपाल र भुटानले के गर्न सक्छन् भनेर छलफल गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पेसगरेको थियो।

झन्डै छ महिनाअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भुटानी शरणार्थीको विषयमा भुटान सरकारसँग वार्ता अगाडि बढाउने बताएका थिए।

पुनर्स्थापना रोजे शरणार्थी नेताले पनि

कुनै बेला भुटानी शरणार्थीका लागि स्वदेश फिर्ता हुनु नै उत्तम विकल्प हो भन्ने मान्यता थियो।

त्यसको वकालत गर्ने शरणार्थीनेताहरू नै तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रममा समावेश भएर विभिन्न देश पुगेका छन्।

विगतमा स्वदेशफिर्तीको आन्दोलन गर्ने थिन्ले पेन्जोर, नारद अधिकारी र गोपाल गुरुङजस्ता नेताहरू नेपालमा बाँकी छैनन्।

सन् २००७ सम्म शरणार्थी शिविरमा राजनीतिक दलहरूले आन्दोलन चलाएका थिए। तर त्यसपछि उनीहरू निष्क्रिय भए।

शरणार्थीको स्वदेशफिर्तीको आन्दोलनमा सेप्टेम्बर २००१ को दिन पहिलो धक्का लागेको मानिन्छ।

त्यस दिन भुटान पिपुल्स पार्टीका अध्यक्ष आरके बुढाथोकीको झापाको दमकस्थित युथ अर्गनाइजेशन अफ भुटानको कार्यालयभित्र हत्या भयो।

त्यसपछि बलराम पौडेल उक्त पार्टीको अध्यक्ष भए।

सन् २००७ मे महिनामा उनको दल र अन्य दलले मिलेर स्वदेशफिर्ती आन्दोलन चलाए।

आन्दोलनका बेला भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर बेल्डाँगी शिविरका सहबहादुर सिवाको ज्यान गयो भने झन्डै आधा दर्जन शरणार्थीहरू घाइते भए।

उक्त आन्दोलनमा नेपाली राजनीतिक दलहरूले पनि ऐक्य जनाएका थिए। तर भारतीय सीमा सुरक्षा बलले भुटानी शरणार्थीलाई मेची पुलको मध्य भागमै रोक्यो।

भुटान जान भनेर हिँडेका उनीहरू भारतको भूमि टेक्न समेत पाएनन्।

किन भुटान छोड्नुपर्यो
शरणार्थी अगुवाहरू सन् १९८८ मा भुटानमा जनगणना भएसँगै त्यहाँ नेपालीभाषीका दुःखका दिनको सुरु भएको बताउँछन्।

उनीहरू भन्छन्- हामीलाई देशनिकाला गर्ने ठूलो षड्यन्त्र हुँदैछ भन्ने के थाहारु

शरणार्थी अगुवा डा। भम्पा राईका अनुसार भुटानी शासकहरूले नेपालीभाषीहरूलाई रातारात लखेट्न थालेका थिए।

उनी भन्छिन्, सेना नै लगाएर नेपालीभाषी आफ्नै जनतालाई भुटानबाट लखेटियो।

सन् १९९० पछि लगातार दिनहुँजसो नेपालीभाषी भुटानीलाई नेपाल(भारत सीमाको मेची किनारमा ल्याएर छाडियो।

पछि नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा उनीहरूलाई राख्यो।

त्यो बेला झन्डै एक लाखको सङ्ख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो र पछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरले उनीहरूको व्यवस्थापनको जिम्मा लियो।

अन्य विभिन्न दातृनिकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सघाए।

भारतसँग आग्रह
झन्डै तीन दशकदेखि पूर्वी नेपालका विभिन्न शिविरमा बसोबास गरिरहेका उनीहरूमध्ये केहीले तेस्रो मुलुक पुनः स्थापना कार्यक्रममा सहभागी हुने इच्छा देखाएका छैनन्।।
शरणार्थीहरूले आफूहरूलाई स्वदेश फर्काउन भुटान सरकारसमक्ष पहल गरिदिन नेपाललाई मात्र नभएर भारतसँग समेत पटकपटक आग्रह गरेका छन्।

बेल्डाँगी शिविरका पूर्वसचिव सन्चहाङ सुब्बा भन्छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण, मोदीको नेपाल भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला शरणार्थीहरूले आफ्नो स्वदेशफिर्तीको मागका विषयमा भारतसँग कुरा राखिदिन पटकपटक ध्यानाकृष्ट गर्नेगरेका छौँ तर हाम्रो आग्रह न भारतले सुन्यो न भुटानले।

नेपालबाट भुटान पुग्न भारतकै बाटो हुँदै जानुपर्ने तथा भारतले भुटानसँग कुरा गर्दा मात्र स्वदेशफिर्तीको अभियानले सार्थकता पाउने शरणार्थीहरूले विश्वास गर्दै आएका छन्।

के चाहन्छन् शरणार्थी
अहिलेसम्म अमेरिका, अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशहरूमा गरेर कुल एक लाख १३ हजार दुई सय भुटानी शरणार्थीलाई पुनर्स्थापित गरिएको छ।

तीमध्ये सर्वाधिक सङ्ख्यामा अमेरिकामा छन्।

अहिले शिविरमा बाँकी भएका अधिकांश भुटानी शरणार्थीहरू अपाङ्गता भएका, अशक्त, एकल र असहाय व्यक्ति हुन्।

बेल्डाँगी शिविरका सचिव टीकाराम रसाइलीको भन्छन्, तर उनीहरू सबै भुटान फर्कन चाहेका छन् भन्ने होइन।

नेपालमै समायोजन हुन चाहनेहरू उत्तिकै छन्। वृद्ध एवम् अपाङ्गता भएका व्यक्तिहरू धेरैजसोले त्यसो चाहेका छन्।

नेपालमा समायोजन हुने सम्भव कति
केही भुटानी शरणार्थीले नेपालमै बस्न चाहेको छन्।

तर नेपालमा समायोजनको सम्भावना अत्यन्त असम्भवप्रायस् भएको सरकारी अधिकारीहरू बताउँछन्।

गृह मन्त्रालयका प्रवक्ता सुवेदी कानुनी जटिलतालाई त्यसको कारण मान्छन्।

उनी भन्छन्, हामीले अहिलेसम्म शरणार्थीको कानुनी तथा आर्थिक अधिकारलाई सुनिश्चित गर्ने शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय अभिसन्धि( १९५१ अनुमोदन नगरेको र शरणार्थीका विषयमा हालसम्म पनि कुनै घरेलु कानुन पनि नबनेको कारण स्थानीय समायोजनको सम्भावना देखिँदैन।

नेपालले शरणार्थीहरूलाई मानवीय कारणले मात्र आश्रय दिएको उनको भनाइ छ। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies