Khabar Dabali Logo
  July 16, Tue

कुन जिल्लाको नेतृत्व कसलाई ? नेकपामा यसरी हुँदैछ जिम्मेवारी वाँडफाँड नेपाल पक्षले सहमति जनाएन

स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ ।

काठमाडौं । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । तर, यसलाई अन्तिमरुप दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

उच्च स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले बतायो ।

कसरी हुँदैछ बाँडफाँड ?

प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।

प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादीले चार÷चार जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन जिल्ला कसले पाउने भन्ने अन्तिम टुंगो अध्यक्ष र महासचिवले नै लगाउने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।

स्रोतकाअनुसार पूर्वएमालेले धनुषा, सर्लाही, बारा र पर्सा तथा पूर्वमाओवादीले सप्तरी, सिराहा, महोत्तरी र रौतहटको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ३ मा यसअघि नै कार्यदलले जिल्लाको भागबण्डा टुंगो लगाइसकेको छ । जसअनुसार पूर्वएमालेले मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ ।

त्यस्तै पूर्वमाओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।

गण्डकी प्रदेशमा कार्यदलले सिफारिस गर्न नसकेकाले नेताहरु छलफलमै छन् । स्रोतकाअनुसार पूर्वएमालेले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङको नेतृत्व पाउनेबारे छलफल भइरहेको छ । पूर्वमाओवादीले लम्जुङ, मनाङ, बागलुङ र नवलपुरको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ५ मा भने पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ । पूर्वएमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङको नेतृत्व पाउने समझदारी भएको छ । पूर्वमाओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउनेछ ।

त्यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले र माओवादीले पाँच÷पाँच जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । तर, मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।

पूर्वएमालेले दैलेख, सुर्खेत, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एमालेले ५ वटा कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङको नेतृत्व पाउने समझदारी भएको छ ।

जिल्ला बाँडफाँड लगभग टुंगिएकाले अब केही व्यक्तिका नाम मात्रै टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तल्ला कमिटी एकीकरण नहुँदा कार्यकर्तामा निराशा छाएको छ ।

–लोकपाटीबाट

चैत ४ गते, २०७५ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

एजेन्सी । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९...   
पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले...   

ओलीले नेपालसँग भने–कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब...   
पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top