Khabar Dabali Logo
  July 16, Tue

पुर्जा भएको जमीन पनि भारतीयको कब्जामा

कञ्चनपुर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।

“विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भने, “खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।” पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ ।“सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।” आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।”

उहाँले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोख्नुभयो । विसं२०३१ देखि गाउँमा बस्दै आउनुभएको स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए।

“सीमाको विवाद यथावत रहँदा बेला÷बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उनले भने, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास/बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ ।

चैत ४ गते, २०७५ - ०८:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   

दुई घर पहिरोले पुर्याे , दुई बेपत्ता

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई...   

घरेलु कामदार घर आउन वञ्चितस् पुनः श्रमस्वीकृतिको निर्देशन माग्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको...   
किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

किन अलमलमा छ नेपाली कूटनीतिक नियोग ?

काठमाडौं । पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको...   

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्,...   
पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

पहिरो आउने सूचना सेन्सरले नै दिन्छ

काठमाडौं । निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व...   

बाढीपहिरोको असर तरकारीको भाउ सातामै दोब्बर

काठमाडौं । काठमाडौंमा अहिले ताजा तरकारीको भाउ अकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति...   

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौं । विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत...   

वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४(७५ को पहिलो १०...   

१० असारभित्र ल्याउनुपर्ने बजेट ७२ स्थानीय तहले अझै ल्याएनन्

बजेट नल्याउने स्थानीय तहलाई कारबाही : मन्त्रालय काठमाडौं ।७२ वटा स्थानीय तहले संवैधानिक व्यवस्थाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top