Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एकतामा पेलिए समानान्तर कमिटी बनाउँछु– नेपाल

काठमाडौं। पार्टी एकताको प्रक्रियामा आफ्नो समूहलाई पेलिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपाभित्र समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका बेला माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको हो। अध्यक्षद्वबीच जिल्ला नेतृत्व टुंगाउन छलफल चलिरहेको बेला नेपालले समानान्तर कमिटीको चेतावनी दिएर आफ्नो प्रष्ट अंशबण्डा खोजेका छन्।

नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिएका हुन्। तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाललाई सहमतिमा ल्याउन प्रयास गरे पनि सफल हुन सकेका छैनन्। अर्का अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि केही दिन अमेरिका निस्किएका छन्। प्रचण्डको अनुपस्थितिले विवादलाई थप जटिल बनाउने आशंका गरिएको छ।

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच सम्वाद शुरु भएको थियो। यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो।

त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए। पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए। जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयका साथै एकता सम्बन्धी बाँकी काम टुंगाउने विषयमा छलफल भएको थियो।

सीके राउत र विप्लवमाथि प्रतिबन्धवारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिएका थिए। तर, पार्टी एकता सम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ।

पछिल्लो समय ओली र प्रचण्ड ७७ जिल्लामा पार्टी अध्यक्ष र सचिव टुंगाउने कोशिसमा छन्। ७७ जिल्लामध्ये कति जिल्लामा पूर्वएमाले र कति जिल्लामा पूर्वमाओवादी भन्ने बहस चलिरहेको छ। तर, पूर्वएमालेले पाउने जिल्लामा माधव नेपाल समूहबाट कति जना भन्ने टुंगो नलाग्दा विवाद बढ्दै गएको हो। पूर्वएमालेभित्र भागबण्डा नमिल्दा एकता लम्बिँदै गएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना पुगेको छ। तर, यो १० महिनामा पार्टी एकताका आधा भन्दा बढी काम टुंगिन सकेका छैनन्। यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, हुन सकिरहेको छैन।

त्यसैगरि केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ।

तर, प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ। केन्द्रमा प्रदेश सदस्य परिमार्जन हुनुपर्ने विवाद चलिरहे पनि प्रदेश कमिटीका अधिकांश सदस्यहरुले सपथ लिएका छन्। विज्ञप्ति नै जारी गरेर प्रदेश कमिटी सार्वजनिक गरिएका कारण कसैलाई पनि फिर्ता गर्नसक्ने अवस्था छैन। यसले पनि एकतामा सकस भइरहेको छ।

जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्न अझै केही समय लाग्नेछ। अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन कम्तिमा १० दिन लाग्ने बताएका छन्। प्रचण्ड फर्केपछि फेरि बैठक बस्ने र सचिवालय वा स्थायी समितिको बैठक बोलाएर जिल्ला नेतृत्व टुंगाउने सहमति भएको स्रोत बताउँछ।

पूर्वएमालेको भागमा पर्ने कोटामा माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालले मात्र होइन, ईश्वर पोखरेल लगायतका नेताहरुले पनि आफ्नो भाग खोजिरहेका छन्। माधव नेपालले त आफ्नो समूहलाई उपयुक्त कोटा नदिए समानान्तर कमिटी गठनको चेतावनी नै दिएका छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies