Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति को हुन् ?

एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेका बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति हुन्। तर उनी संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्।

संसारका सबैभन्दा धनी व्यक्ति अहिले पनि १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्। उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो। क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, \"मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।\"

ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए। सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो। तर अर्थशास्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।

अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू

  • मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै
  • अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर
  • जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने
  • अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने
  • एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर
  • जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर
  • निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर
  • मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर
  • विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर
  • मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर

(स्रोत: Money.com, Celebrity Net Worth)

मान्सा मुसाको जन्म सन् १२८० मा भएको थियो। उनका दाजु मान्सा अबु बकरले माली साम्राज्यमा सन् १३१२ सम्म शासन गरेका थिए। तर उनले एउटा साहसिक यात्रामा जान गद्दी परित्याग गरे। चौधौँ शताब्दीको सिरियाबारे अनुसन्धान गरेका इतिहासकार शिबाब अल उमरीका अनुसार अबु बकर आन्ध्र महासागर र त्यसपारि के छ भन्ने जान्न धेरै इच्छुक थिए। उनी दुई हजारवटा पानीजहाज, हजारौँ प्रजा र दासदासीहरू लिएर सो यात्रामा निस्केको बताइन्छ। तर उनीहरू कहिल्यै फर्किएनन्। दिवङ्गत अमेरिकी इतिहासकार आइभन भ्यान सर्टिमा सो विशाल टोली दक्षिण अमेरिका पुगेको थियो भन्ने धारणासँग सहमत छन्। तर त्यसको कतै प्रमाण छैन।

जे भए पनि मान्सा मुसा उत्तराधिकारी बने। उनको राज्यकालमा मालीको सीमा बढ्दै गयो। उनले २४ टिम्बक्टुसहित २४ वटा नगर आफ्नो राज्यमा गाभे। राज्य दुई हजार माइल लामो भूमिमा फैलियो। आन्ध्र महासागरदेखि आधुनिक कालका नाइजर र अन्य देशहरू सेनेगल, मोरिटेनिया, माली, बुर्किना फासो, द गाम्बिया, गिनी बिसाऊ, गिनी र आइभरी कोस्टका कैयौँ भाग यसैमा समेटिएका थिए।

ठूलो भूभाग राज्यमा समेटिएकाले सुन र नुनका स्रोतहरू पनि त्यसै राज्यका हुन आए। मान्सा मुसाको शासनकालमा माली साम्राज्यमा संसारकै आधा सुन रहेको ब्रिटिश सङ्ग्रहालयको भनाइ छ। अनि त्यसमा राजाको अधिकार हुन्थ्यो।

\"शासकका रूपमा मान्सा मुसाको यो बहुमूल्य स्रोतमाथि असीमित पहुँच थियो,\" नर्थवेस्टर्न विश्वविद्यालयको ब्लक म्युजियम अफ आर्टमा विज्ञता हासिल गरेकी क्याथ्लीन बिक्फर्ड बेर्जोकले बीबीसीलाई बताइन्।

उनले भनिन्, \"सुन र अन्य सामानको व्यापार गर्ने प्रमुख व्यावसायिक केन्द्रहरू उनकै साम्राज्यमा पर्थे र यो व्यवसायबाट उनले निकै ठूलो सम्पत्ति हात पारे।\" त्यत्रो ठूलो मात्रामा सुन भए पनि माली साम्राज्यमा नाम खासै चलेको थिएन। तर मुस्लिम धर्मका कट्टर अनुयायी शासक मान्सा मुसाले मक्काको तीर्थयात्रा गरे। उनी सहारा मरुभूमि र इजिप्ट हुँदै मक्का गएपछि त्यसमा परिवर्तन भयो।

उनी ६० हजार मानिसको लावालस्करसहित मालीबाट हिँडेको बताइन्छ। आफ्ना सम्पूर्ण राजसभा र भारदारहरू अनि सैनिक, मनोरञ्जक, व्यापारी, ऊँटका माहुते, १२ हजार दास र भेडाबाख्राको लामो लस्कर लिएर उनी हिँडेका थिए। मरुभूमिमा एउटा नगर नै हिँडिरहेको जस्तो देखिन्थ्यो। दाससहित सबै जना सुनका गहना र पर्सियाली रेसमका वस्त्रमा सुसज्जित थिए।

सयवटा ऊँटको लर्को, सबैले ठूलो परिणाम सुन बोकेका। त्यो अविस्मरणीय दृश्य थियो। लस्कर कायरो पुगेर आफ्नो सम्पत्ति प्रदर्शन गर्दा झन् धनी देखियो। मान्सा मुसाले कायरोमा छोडेको प्रभावको वर्णन १२ वर्षपछि पनि मानिसहरूले गर्ने गरेको अल अमारीले लेखेका छन्। उनले कायरोमा यसरी सुन वितरण गरे कि सुनको भाउ ह्वात्तै घट्यो र उनको तीनमहिने बसाइका कारण त्यो क्षेत्रको अर्थतन्त्र १० वर्षसम्म बिग्रियो।

अमेरिकामा रहेको प्रविधि कम्पनी स्मार्टएसेट डट कमको अनुमानमा मान्सा मुसाको तीर्थयात्राका कारण भएको सुनको मूल्यस्फीतिले मध्यपूर्वमा १.५ अर्ब डलरको आर्थिक घाटा परेको थियो। मान्सा मुसा फेरि इजिप्ट हुँदै स्वदेश फर्किए। त्यसरी फर्किँदा उनले पहिला दिएको सुनलाई चर्को ब्याजमा फिर्ता लिएर इजिप्टको अर्थतन्त्रलाई सहयोग गर्न खोजेको केही व्यक्तिको मान्यता छ।

तर केही भने धेरै खर्च गरेकाले उनीसँग भएको सुन सकिएको भन्ठान्छन्। स्कूल अफ अफ्रिकन एन्ड ओरियन्टल स्टडिज लन्डनकी लुसी डुरन भन्छिन् - मालीमा गाएर ऐतिहासिक गाथा सुनाउनेहरू उनीसँग रिसाएका थिए। उनी भन्छिन्, \"बाटोमा उनले जसरी सुन बाँडे त्यसले गर्दा जेलीहरू [ती कथावाचकहरू] आफ्नो गीतमा उनको प्रशंसा गर्न चाहँदैनन्। किनभने उनीहरूलाई स्थानीय स्रोत साम्राज्यबाहिर खेर फालेको भन्ने लाग्थ्यो।\"

मान्सा मुसाले आफ्नो तीर्थयात्रामा धेरै खर्च गरे या खेर फाले भन्ने कुरामा कुनै शङ्का छैन। तर उनको त्यो ठूलो दानदातव्यले विश्वको ध्यानाकृष्ट भयो। मान्सा मुसाले माली र आफूलाई साँच्चै नै नक्सामा अङ्कित गरेका थिए। सन् १३७५ मा कोरिएको क्याटलन एटलस नक्सामा टिम्बक्टुमाथि एकजना अफ्रिकी राजा सुनको मुकुट लाएर हातमा सुन लिएर सुनको गद्दीमा बसेको देखिन्छ।।

टिम्बक्टु यति प्रख्यात भयो कि मानिसहरू टाढाटाढाबाट त्यहाँ जान थाले। उन्नाइसौँ शताब्दीसम्म पनि यसको मिथकीय स्थान थियो। मान्सा मुसा मक्काबाट इस्लामिक विद्वान्‌हरू लिएर फर्किएका थिए। तिनमा पैगम्बर मोहम्मदका सन्ततिदेखि कवि एवम् वास्तुशास्त्री अबु एस हक एस सहेली पनि थिए जसले पछि प्रख्यात जिङ्गरेबर मस्जिद बनाएको बताइन्छ। राजाले ती कविलाई २०० किलो सुन दिएको बताइन्छ जुन अहिलेको दरमा ८२ लाख डलर हुन आउँछ।

कला र वास्तुकलालाई प्रोत्साहन दिनुका साथै उनले साहित्य लेखन, विद्यालय, पुस्तकालय र मस्जिद बनाउन पनि आर्थिक सहयोग गरेका थिए। टिम्बक्टु तत्कालै शिक्षाको केन्द्र बन्यो र संसारभरिका मानिसहरू त्यहाँ शिक्षा लिन आउन थाले जुन पछि स्यान्कोर विश्वविद्यालय बन्न पुग्यो। यी धनी राजालाई पश्चिम अफ्रिकामा शिक्षाको प्रचलन आरम्भ गर्ने श्रेय दिने गरिन्छ। तर उनको साम्राज्यको कथा पश्चिम अफ्रिकाबाहिर कमैलाई थाहा छ।

\"इतिहास विजेताहरूले लेख्छन्।\" यो भनाइ दोस्रो विश्वयुद्ध हुँदाका बखत ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिलको हो। सन्ताउन्न वर्षको उमेरमा सन् १३३७ मा मान्सा मुसाको निधन भएपछि उनका छोराहरूले साम्राज्यलाई एकीकृत राख्न सकेनन्। साम्राज्य टुक्रियो।

पछि युरोपेलीहरूको यो क्षेत्रमा आगमन भएपछि न झन् यो साम्राज्यको अस्तित्व नै हरायो। मान्सा मुसाको कथा किन धेरैलाई थाहा छैन भन्ने कुराको विश्लेषणमा ब्लक म्युजियम अफ आर्टकी निर्देशक लिसा कोरिन ग्र्याजिओस भन्छिन्, \"मध्यकालीन समयको इतिहास भन्नेबित्तिकै पश्चिमाको इतिहास मात्रै आउने गरेको छ।\" रुडल्फ वेच वेअर भन्छन्, \"मुसाको समयमा माली सैन्य र आर्थिक उत्कर्षमा रहेको बेला युरोपेलीहरू त्यहाँ पुगेका भए निश्चय नै धेरै कुरामा फरक पर्ने थियो।\" तर उनीहरू दुई सय वर्षपछि मात्रै त्यहाँ पुगे। बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies