Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाबा समूहद्वारा सामूहिक चौरीपालन

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् ।

समूहका अध्यक्ष गमबहादुर पुर्जाले भने, “चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।” समूहमा आवद्ध सात जनाले तीन वर्षअघि रु छ लाख लगानी गरी १२ वटा चौरीपालन शुरु गरेकामा नौमती बाजा बजाएर कोषमा जम्मा गरिएको रकम र व्यतिmगत रकमसमेत सङ्कलन गरेर सो व्यावसाय थालिएको उनको भनाइ थियो ।

चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक रु दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।

‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौं,’ उनले भने,\'चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन तर सङ्ख्या र लगानी थपिँदै गएको छ ।\' चौरीगाईको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासु र रगत पनि बिक्री हुन्छ ।

समूहका सदस्य गाउँमा हुने विवाह, छेवार, किरियामा बाजा बजाउँछन् । उनीहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र नृत्य देखाउँदा भएको आम्दानी सहभागीले भाग लगाएर निश्चित रकम कोषमा जम्मा गर्दै आएका थिए ।

समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको जानकारी दिँदै सचिव सुनबहादुर पुर्जाले भने, \' हमीले संस्कृति जोगाएका छौँ, जीविकोपार्जन पनि भएको छ र पुख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिएको छ ।

युवा युवतीलाई पुख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनीहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि उनीहरू आफै बाजा बजाउन थालेका हुन् । विसं २०६० मा सो समूह गठन भएको थियो ।

बाबा र आमा समूहको सक्रियताले विकासका योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा बाबा समूहले रचनात्मक काम गर्दै आएको उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies