Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

क्राइस्टचर्च मस्जिद आक्रमणः ५० जनाको ज्यान जाने घटना आक्रमणकारी एक्लैले गराएका थिए

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रवार भएको आक्रमणको घटनामा आरोपित व्यक्ति आफू एक्लै संलग्न भएको हुन सक्ने न्यूजिल्यान्डको प्रहरीले जनाएको छ।

अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।

पछि पक्राउ गरिएका तीन व्यक्ति घटनामा संलग्न नरहेको ठानिएको प्रहरी प्रमुख माइक बुशले बताए। यद्यपि निष्कर्षमा अहिल्यै पुग्न नसकिने उनको भनाइ छ।

न्यूजिल्यान्डमा भएकामध्ये सबैभन्दा खराब मानिएका ती दुई आक्रमणमा ५० जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार झन्डै ३४ जनाको अझै अस्पतालमा उपचार हुँदैछ। तीमध्ये बन्दुकको गोलीबाट गम्भीर चोट लागेकादेखि तुलनात्मक रूपमा सामान्य चोट लागेकासम्मु छन्। एक चार वर्षीया बालिकाको स्थिति गम्भीर छ।

अल नूर मस्जिद र लिनउड मस्जिदमा आक्रमण हुँदा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्ने काम यथाशक्य छिटो सकिनेगरी लागिपरेको प्रहरी प्रमुख बुशले बताए।

यो संवेदनशील प्रक्रिया भएको र आफू ुसांस्कृतिक तथा धार्मिक आवश्यकताबारे सजगु रहेको उनले जनाए।

को संलग्न थिए ?
कैदीले लगाउने कमिज र हतकडीमा अदालतमा उपस्थित गराइँदा मुख्य आरोपित मुस्कुराइरहेको देखिएको थियो।

उनीमाथि हत्याको एउटा आरोप लगाइएको छ र थप अभियोगहरू लाग्ने अपेक्षा गरिएको छ।
एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख बुशले २८ वर्षीय ब्रेन्टन टारेन्टमाथि मात्रै आक्रमणको अभियोग लगाइएको बताए।

उनले भने उनलाई रोकियो किनकि उनी प्रत्यक्ष खतरा भएको ठानियो, हाम्रा कर्मचारीले साहसका साथ हस्तक्षेप गरे र केही बल प्रयोग गर्नुपरेको थियो‘थप आक्रमण हुन नदिन उनीहरूले जोखिम मोले र मलाई लाग्छ उनीहरूले थप आक्रमण हुनबाट जोगाए।

बुशले घटनास्थलनजिकै पक्राउ परेका दुई व्यक्ति ती आक्रमणमा संलग्न नरहेको विश्वास गरिएको बताए।

एक महिलालाई विना कुनै अभियोग रिहा गरिएको छ भने अर्का पुरुषमाथि हातहतियारसम्बन्धी अभियोग लगाइएको छ।
एक १८ वर्षीय व्यक्तिलाई पक्राउ गरिए पनि उनको संलग्नता भएको आशङ्का मात्रै गरिएको र सोमवार अदालतमा पेस गरिने प्रहरी प्रमुख बुशले बताए।

यद्यपि सावधानीपूर्वक उनले भने, कति व्यक्ति संलग्न थिए भन्ने कुरामा आश्वस्त नहुन्जेल निष्कर्षमा पुग्नेगरी हामी केही भन्नेछैनौँ।

पक्राउ परेकामध्ये कोही पनि आपराधिक पृष्ठभूमिको नरहेको बताइएको छ।
टारेन्टलाई विना कुनै अपील हिरासतमा राखिएको छ र एप्रिल ५ मा फेरि उनलाई अदालतमा पेस गरिनेछ।

न्यायाधीशले निष्पक्ष सुनुवाइ हुन पाउने आरोपितको अधिकारको रक्षार्थ उनको अनुहार स्पष्ट रूपमा नदेखिने तस्बिर देखाउन आदेश दिएका छन्।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आरोपित टारेन्टसँग बन्दुक राख्न पाउने अनुमति भएको र उनीसँग पाँचवटा बन्दुक भएको बताएकी छन्।
साहसिक हस्तक्षेप

आक्रमणपछि साहसिक कदम बारेका विवरण आउन थालेका छन्।

मारिएका छ पाकिस्तानीहरूमध्ये ५० वर्षीय नईम राशिद र उनका २१ वर्षीय छोरा तल्हा पनि थिए।

अल नूर मस्जिदमा आफूलाई गोली लाग्नुअघि राशिदले बन्दुकधारीलाई रोज्न खोजिरहेको देखिने भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि नायकका रूपमा उनको प्रशंसा भइरहेको छ।

पाकिस्तानको एबोटाबादमा रहेका राशिदका भाइ खुर्शीद आलमले बीबीसीका सिकन्दर केर्मानीसँग कुरा गर्दै आफ्ना भाइका कामबाट गर्व अनुभूति भएको बताए।

उनी बहादुर व्यक्ति थिए आलमले भने, मैले त्यहाँका मानिसहरूबाट सुनेँ‘ केही प्रत्यक्षदर्शीका अनुसार उनले बन्दुकधारीलाई रोकेर केहीको ज्यान जोगाए।
मानिसहरूले राशिदलाई नायकका रूपमा प्रशंसा गरिरहे पनि उनको मृत्युले आफूहरू अझै स्तब्ध रहेको आलमले बताए।

त्यो हाम्रो लागि अहिले गर्वको कुरा हो, तर हाम्रो लागि क्षति पनि हो। त्यो त तपाईँले आफ्ना हातखुट्टा काटेजस्तै हो।

घटनाबारे सुनेर आफू क्रुद्ध भएको आलमले सुनाए। आतङ्कवादीहरूको कुनै धर्म हुँदैन। पागलहरूलाई रोक्नुपर्थ्यो।

लिनउडस्थित अर्को मस्जिदमा भएको आक्रमणमा पनि त्यस्तै हस्तक्षेप गरिएको थियो।

मस्जिदबाहिर दौडेर आफूले बन्दुकधारीतिर क्रेडिट कार्ड मशिन हुत्याएको अब्दुल अजिजले बताए।

त्यसपछि ती आक्रमणकारीको एउटा हतियार खस्यो र उनी अरू हतियार खोज्न आफ्नो गाडीतिर गए। अजिजले बन्दुक फ्यालेर गनको गाडीको सिसा फुटाइदिए।

त्यसपछि आक्रमणकारी पछि हटे र केही क्षणपछि पक्राउ परे।

न्यूजिल्यान्डका अधिकारीहरूले अहिले पीडितहरूको पहिचान गर्ने कठिन काम गरिरहेका छन्।
घटना कसरी भयोरु
अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १स्४० मा आक्रमण भएको खबर आएको थियो।

एक बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध गोली हानेका थिए।
टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए। त्यहाँ एक व्यक्तिले उनको हतियार खोसेका थिए। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies