Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रतिवन्धित नेकपाको हेडक्वाटर कालिकोट : ४५ जिल्लाको नेतृत्वमा कालिकोटका नेता

कालिकोट। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ । देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो ।

विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका छन् । कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गरिरहेका छन् ।

विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको जनाइएको छ । विप्लव नेतृत्वको नेकपाले देशकै लालकिल्ला कालिकोट भएको दाबी गरेको छ ।

हाल प्रकाण्ड पार्टीको संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन् । ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन् । कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन् ।

पुर्व राज्यमन्त्री रहेका कालिकोटकै नवीन विक ललितपुर जिल्लाको इन्चार्ज बनेका छन् । भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन् । कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य छन् । जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन् । कालिकोटका लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन् ।

कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन् । अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय हुन् । त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन् ।

सात वटा भातृ संगठनका कर्णाली व्युरो संयोजक समेत कालिकोटकै रहेको विप्लव नेतृत्व नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बताए । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला भएकाले सुरक्षाको दृष्टिले कालिकोटलाई अति ‘संवेदनशील’ क्षेत्र मानिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies