Khabar Dabali Logo
  May 29, Fri

के तपाइलाई थाहा छ ? मदिराले स्वास्थ्यलाई कसरी ध्वस्त बनाउँछ,

एउटा ठट्यौली छ, ‘मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ ।’ हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो ।

तर, महिला र पुरुषको शरीर संरचना उस्तो भिन्न हुन्न । मदिराले महिलालाई जति हानी गर्छ, उत्तिनै पुरुषलाई पनि । अक्सर के देखिन्छ भने, घरमा श्रीमती खानपिन तयार गर्ने र श्रीमान् चाहि मदिरा पिउन साथीभाई जमघट गर्ने ।
अब तपाईंले महिलाको ठाउँमा आफुलाई उभ्याउनुहोस् त । तपाईंका पार्टनर मस्त मदिरा पिएका छन्, साथीभाई जमघट गराएका छन् । उनीहरुको अर्डर अनुसारको खान्की तपाईंले तयार गरिदिनुपर्छ । कतिपय परिकार मिठो नभएको टिप्पणी पनि तपाईंले सुन्नुपर्छ । जुठो भाँडावर्तन तपाईंले उठाइदिनुपर्छ । उनीहरु हो(हल्ला गर्छन्, चुरोट तान्छन्, मदिराको गन्ध छँदैछ । यी सबै तपाईंले चुपचाप सहनुपर्छ । उनीहरु आफ्नो मर्जी अनुसार जति समय पनि रमाइलो गर्न सक्छन् । त्यसबेलासम्म तपाईं सहनसिल भएर चुपचाप उपस्थित हुनुपर्छ ।

जबकी तपाईंले केही खानुभयो रु तपाईंलाई दिक्क पो लाग्यो कि रु तपाईंलाई गाह्रो त भएन रु तपाईंलाई निद्रा लाग्यो रु यस्ता प्रश्नहरु कसैले सोध्दैनन् । पार्टनरले पनि ।

हो, श्रीमान्का आफ्ना साथी(संगत हुन्छन् । उनीहरुसँगको भेटघाट, भलाकुसारी व्यर्थ नहुन पनि सक्छ । कहिले काहीँ रमाइलो गर्न मन लाग्छ । घरमै उनीहरुले यस्तो रमाइलो गर्ने योजना बनाएका हुनसक्छन् । तर, श्रीमान्ले रमाइलो गरिरहँदा, मदिरा सेवन गरिरहँदा त्यसले घरको वातावरणलाई कसरी विथोल्छ भन्ने कुरा पनि सोच्नुपर्ने हुन्छ ।

ठट्यौली सही, ‘मदिराले स्वास्थ्य र स्वास्नी दुबैलाई हानी गर्छ ।’

मदिरा कति हानिकारक रु

मदिरा सेवनले स्वास्थ्यमा गंभीर हानी गर्छ भन्ने कुरा संभवत मदिरा पिउने अधिकांशलाई थाहा छ । तर, पनि उनीहरु स्वास्थ्य भन्दा स्वादमा लोभिन्छन् । उनीहरु ठान्छन्, मदिराले कम्तीमा आनन्द दिन्छ । मुड प्रmेस गराउँछ । रमाइलो गराउँछ ।

तर, मदिराले दिने रमाइलोको आयु कति हुन्छ रु

दुई घण्टा रु तीन घण्टा रु चार घण्टा रु बढीमा पाँच घण्टा । मदिराले क्षणभरमै आनन्द दिने हो । तर, त्यसबाट जति आनन्द प्राप्त हुन्छ, उत्तिनै शारीरिक हानी पनि । अतः मदिराले गर्ने हानी हामीले जीवनभर भुक्तान गर्नुपर्छ ।

दुई घण्टा रमाइलो गर्न पिएको मदिराले जीवनभर कष्ट दिइरहन्छ ।

कम वा सन्तुलित मदिरा पिउनु घातक छैन रु

मदिरा पिउनेको अनेक वाहाना हुन्छन् । कतिले यसलाई नियन्त्रित मात्रामा सेवन गर्दा फाइदा गर्छन् भन्छन् । कतिले अन्य खानेकुरा सलाद, फलफूलसँग सेवन गर्दा स्वास्थ्यलाई खास खराब गर्दैन भन्छन् ।

हालै एक अध्ययनको निचोड के निस्किएको छ भने, कम वा सन्तुलित मदिरा पनि स्वास्थ्यका लागि उत्तिनै हानिकारक छ ।

कम मात्रामा मदिरा सेवन गर्दा उच्च रक्तचापको संभावना बढ्नेछ । यस अध्ययनमा करिब १७ हजार व्यक्ति सामेल थिए । उनीहरुलाई तीन वटा समूहमा विभाजन गरियो । पहिलो समुह, जो पटक्कै मदिरा सेवन गर्दैनथे । दोस्रो समुह, जो हप्तामा ७ देखि १३ पटकसम्म मदिरा सेवन गर्थे । तोस्रो समुह, जो हप्तामा १४ पटकभन्दा बढी समय मदिरा सेवन गर्थे ।

यसको नतिजा उदेगलाग्दो थियो । स्टडी अनुसार हप्तामा ७ देखि १३ पटक मदिरा पिउने व्यक्तिहरुमा अधिक तनावको खतरा ५३ प्रतिशत थियो । उनीहरुको उच्चा रक्तचाप पनि पाइएको थियो । त्यसैगरी जो व्यक्ति हप्तामा १४ पटकभन्दा बढी मदिरा सेवन गर्छन्, उनीहरुको स्वास्थ्य अरु खराब थियो । उनीहरुमा तनावको खतरा ६९ प्रतिशत पाइयो । साथै उनीहरु उच्च रक्तचापको पनि जोखिममा थिए ।

भनिहालौ, मदिरा र उच्च रक्तचाप आपसमा जोडिएका हुन्छन् । मदिरा एक हाई इनर्जी ड्रिंक हो, यसमा क्यालोरी एकदम धेरै हुन्छ । यसले कजेलो र मस्तिष्कलाई एकदम खराब गर्छ ।

चैत १ गते, २०७५ - १४:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाका दोषीलाई कारवाही गर : शान्ति समाज

काठमाडौ । रुकुमपश्चिमको चौरजहारी सोतीमा भएको घटनाको उच्चस्तरीय निष्पक्ष समिति गठन गरी दोषीलाई कारवाहीको...   

बाँच्न पाउने हक सुनिश्चित गर्न आयोगकाे माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका...   
लकडाउनका कारण बिक्री भएन लिची

लकडाउनका कारण बिक्री भएन लिची

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका...   

सोती घटना : छानबिन समितिद्वारा बिहीबारदेखि काम शुरु

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले...   

महोत्तरीमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा जोड

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय...   

सिन्धुपाल्चोकमा घोगा लाग्न शुरु भएको मकै हावाहुरीले सोत्तर

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै...   

अमेरिकामा बेरोजगारीको संख्या झनै बढ्यो, ४ करोड १ लाखले भरे बेरोजगारी भत्ताको फाराम

वासिङ्टन । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति...   

सोमालियामा नौ चिकित्सकको हत्या

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको...   

सङ्घद्धारा यातायात मजदूरको काेरोना परीक्षण गर्न माग

काठमाडौ । नेपाल यातायात मजदुर सङ्घले काेरोना भाइरसकाे सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका...   

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

सउल । धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top