Khabar Dabali Logo
  April 3, Fri

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

चिप्लेढुङ्गा। सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनु पर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ । छ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई स्वागत गरे झै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउछन् । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छन् । विसं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग । त्यसपछिका दिनहरुमा उनी पोखराको सुन्दरतामा रमाए र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बने ।

माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुशी भए। माछापुच्छ्रेको कुमारीत्व जोगाउनु पर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न शुरु गरे। एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरुमा डा हर्क गुरुङ्गजस्ता विद्वानहरु थिए । उनी आफ्ना धारणामा शुरुदेखि नै अडिग रहँदै आए । धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि ।

माछापुच्छ्रेलाई ‘यशोधरा’ ठानदछन् उनी । पचास वर्ष अघिदेखि माछापुच्छ्रेलाई मनमा सजाएर राख्दै आएका उनलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्रेलाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनु पर्ने विचार राख्नुहुने उनको प्रश्न छ – माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ रु आजसम्म हिमाल आरोहणबाट कति कमायौं र अब माछापुच्छ्रेबाट पनि कमाउने आशा राखेका छौ ?”

पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रेको सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन् ।

उनले भने – ‘गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु, धौलागिरी) छन्, अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरु मौन छन् । अहिले एकाएक माछापुच्छे् आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययन विना हतारिन्छौ । माछापुच्छ्रेको सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।’ माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट‘को रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्े हिमालको आरोहण खोल्न पहल भएको बताए । ‘प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नु पर्छ,’ उनी भनछन् – ‘माछापुच्छेका बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्र्क गरेर हुँदैन ।’

जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनी ठान्छन् । उनले भने – “हिमाल पहाड प्राकृतिक कुरा हुन् । यसलाई जातजातिले पूजा गर्छन् भन्ने प्रसङ्ग जोडेर बन्द गरिएको भन्ने कुरामा सत्यता छैन ।

सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार विसं २०२० पछि यसको आरोहण बन्द छ ।

कोही आरोही अग्लो हिमाल चढ्न रुचाउँछन्, अर्काथरी सुन्दर हिमाल । नेपालका सगरमाथा र आमादब्लम सुन्दर हिमालमा गनिन्छन् । आरोहीको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्ने उनको तर्क छ ।

सन् १९५० को दशकमा अन्नपूर्णको प्रथम आरोहण भएको थियो । हाल त्यहाँ आरोहण गर्नेको सङ्ख्या घटिरहेको बताइन्छ । मानिस अग्लो र सुन्दर हिमाल चढ्न मन पराउँछन् । माछापुच्छे मा उचाइ र सुन्दरता दुबै विशेषता भएकाले आरोहीको रोजाइ पर्ने तर्क गुरुङ्गको छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले माछापुच्छ्रे आरोहण अनुमति अध्ययनको विषय रहेको बताए । नेपालमा झण्डै तीन हजार हिमाल रहेका छन् । संसारमा ८ हजारभन्दा माथिका १४ वटा हिमाल छन्, त्यसमध्ये नेपालमा मात्रै ८ वटा छन् । माछापुच्छ्रे हिमाल आरोहणका विषयमा उनले भने ‘माछापुच्छ्रे हिमाल आरोहण के कारणले रोकिएको थियो रु आरोहण खुला गर्दा हुने फाइदा र खुला नगर्दा हुने फाइदाका बारेमा अध्ययन गरेर मात्रै सान्दर्भिक निर्णय गरिनेछ । हिमाल आरोहीको तथ्याङ्गलाई पनि हामी केलाउँछौं ।’
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन् – पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गर्छन्। विसं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

उनले माछापुच्छ्रे हिमाल चढेर त्यसको सुन्दरता नबिग्रने भएकाले खुला गर्नुपर्ने धारणासँग आफू सहमत रहेको बताए । नेपालमा सन् १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । उनले त्यस बेला दार्जिलिङबाट हिमाल चढ्ने अनुमति लिएका थिए । बेलायतीहरु हाबी रहेको त्यो समयमा उनीहरुकै बोली बिक्ने गरेको लामा बताउछन् । सन् १९५६ मा नेपालमा हिमालयन सोसाइटी भन्ने संस्थाको गठन भयो र यही बेलादेखि यस संस्थाको सिफारिशमा परराष्ट्र मन्त्रालयले हिमाल आरोहणको अनुमति प्रदान गर्ने गरेको लामा स्मरण गर्छन् ।

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ । रासस

चैत १ गते, २०७५ - १४:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक फरार भएपछि…

गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए...   
कोरोनाविरुद्ध ६ महिनाको शिशु र १०२ वर्षकी महिलाले जिते लडाइँ

कोरोनाविरुद्ध ६ महिनाको शिशु र १०२ वर्षकी महिलाले जिते लडाइँ

इटलीमा नितान्त भिन्न उमेर र समूहका दुई व्यक्तिले कोरोनाविरुद्ध लडाइँ जितेर आशाको सञ्चार गराएका छन्...   

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

काठमाडौ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री...   

आयल निगमले कोरोना रोकथाम कोषमा ५० करोड सहयोग गर्ने

काठमाडौ । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष...   

कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौ । कोरोना संक्रमित १९ वर्षिय युवती र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक दुबैलाई दोस्रो परिक्षण...   

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

काठमाडौ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

लकडाउनमा खुल्ला रहेका तरकारी पसल आजदेखि बन्द गर्ने

दमौली । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला...   

स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा आठ सय ६४ जनाकाे मृत्यु

म्याड्रिड । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top