Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विप्लव नेकपाले जनमुक्ति सेनामा भर्ति खोल्यो !

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् ।

एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र प्रचण्ड-बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व बनाइदिएको भन्दै उनले जनमुक्ति सेना पूर्व हुने सेना नै नभएको दावी गरे ।

“एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब क्रान्तिमा आक्रमण गर्नका लागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण गर्न जो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ ।”

उनले भने- “जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने जनमुक्ति सेना पूर्व हुने सेना होइन ।”

जनमुक्ति सेना भविष्य बोकेको र भविष्यको जिम्मा लिने सेना भनेको प्रष्ट पार्दै उनले त्यसलाई पूर्व भनेर विषयान्तर गर्न खोजिदा त्यतिबेला नै आफूहरुले विरोध गरेको समरण गरे । जनमुक्ति सेनालाई पूर्व भन्ने या नभन्ने बिषयमा तत्कालीन परिस्थितिमा पनि ठूलो बहस पनि चलेको उनले खुलासा समेत गरे ।

“एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा, सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि ।त्यतिबेलै समायोजनका नाममा जनमुक्ति सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ ।”

उनले भने- “पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो बनाउन खोजेका थिए, त्यो भएन । अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो, कुनैबेला त्यो सकियो, त्यो मात्रै होइन ।”

पुँजीवादी, साम्राज्यवादीहरूले पूर्व जनमुक्ति सेनाको ब्याज खानु र खुवाउने उदेश्यले फेरि अर्को खेल सुरु गरेको बताउदै महासचिव विप्लवले नेपालमा क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमुक्तिलाई सेना पूर्व भनेर भन्नै नमिल्ने तर्क गरे । प्रचण्ड-बाबुरामले बीच बाटोमै छोडेर हिडेको अधुरो क्रान्ति पुरा गर्न नेपाल जनमुक्ति सेनालाई थप शशक्त बनाउनुपर्ने समय आएको उनको भनाइ छ ।

“यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि । त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन ”

उनले भने- “हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन गर्ने कुरा पनि भयो ।”

महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य भएको पनि बताए । “एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ ।”

उनले भने- “यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।” उनले सबै नेपाली देशभक्त, क्रान्तिकारी युवाहरुले अब नयाँ क्रान्तिमा भाग लिनुपर्ने आएको समेत बताएका छन् ।

“हिजो जनमुक्ति सेनालाई विघटन गराउन हिजो भूमिका निर्वाह गरेका तत्वहरूले अहिले फेरि अहिले एनजीओ/आईएनजीओमार्फत माया गरेजसरी जनमुक्ति सेनालाई पूर्व जनमुक्ति सेना भने,त्यसो होइन ।” उनले भने- “तपाईंहरू सबै अब नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन ।”

नेपाल कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गरिरहेको भन्दै महासचिव विप्लवले भाग लिन समेत अपिल गरेका छन् । ” कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुपर्‍यो ।” उनले भने- “अब क्रान्तिमा सहभागी बन्न आउनुपर्‍यो । अनि केको पीडा ? क्रान्ति त एउटा निरन्तर जीवनको प्रक्रिया हो !”

हिजो पनि क्रान्ति सम्पन्न गर्न र समाजवाद प्राप्तिका लागि आफूहरु लडेको स्मरण गर्दै उनले अगाडि थपे- “जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म, साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति छेडिरहनुपर्‍यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख गर्‍यौँ । त्यहाँ हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न, रुनकराउन जरुरत नै छैन । पूरा गौरवकासाथ इतिहासमा गरेका योगदानमा गर्व गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारी बोधकासाथ जुटौँ। यो हाम्रो कुरा हो ।’’

एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्ने भन्दै उनले समाजवाद मजदुर या किसानको मात्रै नभएर चेतना र श्रमको अभिब्यक्ति भनेको उनको विश्लेषण छ ।

‘समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रै व्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन, चेतना र श्रमलाई एकठाउँमा ल्याउँदा वास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies