Khabar Dabali Logo
  February 28, Fri

सामूहिक बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए ।

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो । तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।

चैत १ गते, २०७५ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नग्न तस्वीर देखाएर ब्लाकमेलिङ गरेपछि प्रीतिले गरिन् आत्महत्या

नग्न तस्वीर देखाएर ब्लाकमेलिङ गरेपछि प्रीतिले गरिन् आत्महत्या

मोरङ । आफैंले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या...   
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर । भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको...   

मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा

काठमाडौ । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी...   
धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

हामी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप...   

युरोपेली देशहरूमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै

थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्। कोरोनाभाइरसको...   
बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार...   

तीन वर्षपछि काभ्रेपलाञ्चोकमा कानूनी शिक्षा अभियान !

काभ्रेपलाञ्चोक । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक...   

अब जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी...   

हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र

काठमाडौ । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत...   
शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top