Khabar Dabali Logo
  May 24, Fri

भिडियाे कलबाटै ‘तलाक’ भनेर सम्बन्ध विच्छेद गर्ने बढ्दाे

बाँके । नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टु्ट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – नेपालगञ्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेलो’ भनिन् । उतबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध बिच्छेदन भएको मान्दै उनी माइतीघरमै छिन् । उनले शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व सम्हालेकी छन् ।

इस्मा र नाजिया जस्ता थुप्रै मुस्लिम महिला सम्बन्ध विच्छेद शब्दमै स्वीकार गर्छन् । कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । ‘तीन पटक तलाक भनेपछि सँगै बस्ने कुरै भएन,’ नाजियाले भनिन््, ‘अदालतमा गएर झगडा गर्न मनले मान्दैन ।’

चैत १ गते, २०७५ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि...   

जनकपुरमा ८ जना भारतीय डाँकालाई प्रहरीद्वारा गोली प्रहार

जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका...   

नेटवर्किङ ठगि बढ्दो क्रममा

काठमाडौँ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै...   

पहिलोपटक राष्ट्रपतिद्वारा संसदमा पारित भएको राहदानी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि...   
प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौँ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २...   

निर्मलाकी आमा दुर्गादेवी भन्छिन् : ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको...   
सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल...   

आजको राशिफल

काठमाडौँ । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु...   

गृहकार्यमा जुटेका नेकपाका शीर्ष नेता अझै तयारीमै

काठमाडौं । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका...   

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top