Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चितवनमा एक लाख लिटर घरेलु मदिरा नष्ट

भरतपुर। चितवन प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

पूर्वी चितवनका विभिन्न क्षेत्रबाट एक हप्ताको अवधिमा प्रहरीले करीब एक लाख सात हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । आज इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बरामद गरिएको मदिरा सरोकारवालाको रोहवरमा नष्ट गरेको छ । प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत शुरु गरेको ‘थ्रि एस’ मा आधारित एक टोल एक घण्टा अप्रेशन अभियानका क्रममा प्रहरीले मदिरा बरामदसँगै अपराध न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । सो अभियान फागुन २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रहरीले जनाएको छ । यो अवधिमा पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रहरीले राप्ती नगरपालिकाको लोथर, गढौली, प्यारीढाप, चौकीडाँडा, ब्रह्मनगर, रसौली, ड्राइभरटोल, झिरझिरे, खैरहनी नगरपालिकाको सिद्धिपुर, चैनपुर, मगनीचोक, ज्यामिरे, खरखुट्टे, कालिका नगरपालिकाको शक्तिखोर, जुटपानी, पदमपुर, खोलेसिमल, न्युरेनी, गैरीबारी चोक, लाहुरेचोक र रत्ननगर नगरपालिकाको भक्तिनी बगँैचा, बुद्धचोक, सौराहा, पिठुवा, मैनाहा, चित्रसारी तथा टाँडी बजार क्षेत्रमा अभियान सञ्चालन गरेको थियो ।

एक साताको अवधिमा १४२ लाई ट्राफिक कारवाही तथा ट्राफिक सचेतना प्रदान गरिको छ भने शङ्कास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरी अनुसान्धन गरिएको छ । अवैध तथा नियम विपरीत उत्खननमा संलग्न ११ वटा टिपर तथा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारवाहीका लागि पठाइएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले जानकारी दिए ।

“प्रहरीको यो अभियान निकै प्रभावकारी देखिएको छ”,उनले भने, “सर्वसाधारणबाट पनि यो अभियानलाई निरन्तरता दिन सुझाव आएको छ ।” यो अभियानमा दैनिक ६० प्रहरी परिचालन भएको पनि उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies