Khabar Dabali Logo
  April 23, Tue

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् ।

उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो ।

आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भिएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो ।

अदालतको निर्णय सुनेपछि अदालत परिसारमा रुँदै हौङ्ले भने, “म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन, मेरोलागि मेरो परिवारले प्रार्थना गरिदिउन् ।”

इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दावी गरेका छन् ।

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उहाँको मृत्यु भएको थियो ।

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् । एएपपी

फागुन ३० गते, २०७५ - १६:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी...   

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त, एक करोड बढीको क्षति

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त...   

मौसमको कारण बिरामीको संख्या ह्वात्तै बढे, औषधि अभाव

बैतडी। मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला...   

फेरि विप्वल समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

झापा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई...   

नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार...   
‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

काठमाडौं । नेकपा सोमबार पार्टी एकतापछि रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले आफुले...   

विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ...   
कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना...   

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम भएको छ – महानिरीक्षक खनाल

काठमाडौँ। नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले...   

यस वर्ष बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top