Khabar Dabali Logo
  May 20, Mon

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् ।

वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले भने, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भने ।

अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भने, “निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।” उहाँले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए ।

तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुनेसमेत जानकारी गराए ।

फागुन ३० गते, २०७५ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको दस्तुर सङ्कलन केन्द्रमा आगजनी गर्ने लामिछाने पक्राउ

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा...   

११ बजेर २३ मिनेटमा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको...   

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट...   

राष्ट्रियसभा–प्रतिवेदन पेश, अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले...   

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय...   

नेपाली सेना र युस आर्मी विपद् प्रतिकार्य अभ्यास शुरू

कास्की । नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास...   

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको...   

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका–...   

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा …

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...   

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड। अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top