/  Mon, March 25, 2019

रोनाल्डोको ह्याट्रिक : प्रेमिकाले थाम्न सकिनन् आँशु

एजेन्सी । युभेन्टसलाई एथ्लेटिको म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट पुनरागमनमध्ये एकका लागि प्रेरित गर्दा क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिकालाई समेत रुवाएका छन् ।

पहिलो लेगमा बेहोरेको २–० को हारलाई उल्टाउँदै रोनाल्डोको ह्याट्रिकको मद्दतले युभेन्टसले एथ्लेटिकोलाई ३–२ गोलअन्तरले हरायो ।

रोनाल्डोले प्रत्येक हाफमा हेडको मद्दतले एक–एक गोल गरे भने खेल सकिन केही समय बाँकी छँदा पेनाल्टीबाट निर्णायक गोल गरेपछि टुरिनको मैदानमा समर्थकहरुले आफ्नो खुसी लुकाउन सकेनन् । मैदानमा उपस्थित रहेका रोनाल्डोको परिवार पनि निकै भावुक बनेका थिए ।

खेलको ८६ औँ मिनेटमा जोन ओबलाकबिरुद्ध पेनाल्टी गोल गरेपछि रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज निकै भावुक देखिएकी थिइनन् । उनले आफ्नो खुसीको आँशु रोक्न सकिनन् ।

उता, छोरा क्रिस्टियानो जुनियरले पनि गोलको खुसियाली मनाउँदै गरेको देखिएको थियो ।

खेलपछि रोड्रिग्वेजले इन्सटाग्राममार्फत रोनाल्डोको सफलतामा बधाई दिएकी छिन् ।

रोनाल्डोको बाल्यकालको तस्विर पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘यो ३–० कसैले तिमीबाट खोस्न सक्दैन । तिमी यसको हकदार हौ, यो तीन गोलका लागि मात्र होइन । यो तिम्रो मिहिनेताको लागि हकदार हौ । हामी हरेक दिन तिम्रो साथमा छौँ । भगवान थाहा छ । भगवानले यो तिमीलाई दिनुहुन्छ किनभने फुटबलको दुनियाँ तिम्रो हो ।’

फागुन २९ गते, २०७५ - ०९:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलधारमा आउन विप्लवलाई चैत्र मसान्तसम्मको अल्टिमेटम

हिंसा नत्यागे सबैलाई नियन्त्रणमा लिइने प्रधानमन्त्रीको उद्घोष काठमाडौं । प्रधानमन्त्री केपी शर्मा...   
शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगद्वारा पाँच विषयको नतिजा सार्वजनिक

नतिजा सहित काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न लिईएको परीक्षाको नतिजा प्रकाशित...   
सम्बृद्धी रियलस्टेट पोखरामा

सम्बृद्धी रियलस्टेट पोखरामा

पोखरा । नेपालको बिभिन्न स्थानमा आफ्नो कार्यालय भएको सम्बृद्धी रियलस्टेटले पोखरामा पनि शाखा सञ्चालनमा...   

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही हुने सरकारको चेतावनी

काठमाडौँ । सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता...   
भारतका १११ किसानहरु  मोदी विरुद्ध चुनावमा लड्दै

भारतका १११ किसानहरु मोदी विरुद्ध चुनावमा लड्दै

बिबिसी । भारतको तमिलनाडुका एक सय ११ किसानले आगामी लोकसभा चुनाव २०१९ मा बनारस लोकसभा सिटबाट प्रधानमन्त्री...   

दिल्ली क्यापिटल्सको टोलीमा सन्दीप नहुदाँ पनि जितको सुरूवात

एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आईपीएल० को पहिलो खेलमा टोलीको...   

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै...   
हिमालयन एयरलाइन्सिले ३ वर्षमा  चार अर्ब ८३ करोड रुपैयाँ घाटा बेहोर्दै

हिमालयन एयरलाइन्सिले ३ वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटा बेहोर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा...   

नौ महिनामा चितवनकाे ४१ वटा दुर्लभ एक सिंगे गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा...   
बेलायती प्रधानमन्त्री टेरेजालाई हटाउने मन्त्रीको चलखेल

बेलायती प्रधानमन्त्री टेरेजालाई हटाउने मन्त्रीको चलखेल

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top