Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल, वैज्ञानिकले पत्ता लगाए

माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित छैनन्, उनीहरुको तौल ९ किलोसम्म बढेको पाइयो । यसका साथै, जो महिला प्रेममा थिए तर पार्टनरसँगै बसिरहेका थिएनन्, उनीहरुको तौल पाँच किलोसम्म बढेको भेटियो ।

उक्त अनुसन्धानले ‘सिंगलबाट मिंगल’ भएपछि पुरुषको पनि तौल बढ्ने निष्कर्ष निकालेको छ । जो पुरुष आफ्नी पार्टनरसँग दुई वर्षभन्दा बढी सँगै बसे उनीहरुको तौल ११ किलोसम्म बढेको पाइयो ।

उक्त अनुसन्धानले रोमान्टिक सम्बन्ध र बढ्दो तौल एक–आपसमा सम्बन्धित हुने निष्कर्ष निकालेको छ । साथै, लामो सम्बन्धमा भएकाहरुले स्वस्थ जीवनशैली अपनाउनका लागि धुम्रपान र मद्यपानको लतलाई बिस्तारै त्यागेको पनि पत्ता लाग्यो ।

नवविवाहित जोडी-

नेशनल इन्स्टिच्युट अफ हेल्थले नवविवाहित जोडीको बढ्दो तौल उनीहरुको खुसीको सकारात्मक प्रतिबिम्ब हो कि नकारात्मक हो भनेर पुनः अनुसन्धान गर्यो । उक्त अनुसन्धानले विवाहको चार वर्ष पुगेका जोडीलाई पछ्याउँदै उनीहरुको भावनात्मक र तनावको स्तर बारे पनि बुझ्न खोज्यो । यसमा विवाह गरेर खुसी नभएका जोडीभन्दा विवाहमा सन्तुष्ट र खुसी भएका नवविवाहित जोडीको तौलमा दोब्बर वृद्धि भएको पत्ता लाग्यो ।

उक्त अनुसन्धानले भनेको छ, ‘विवाहमा खुसी भएका जोडीको तौल बढ्छ किनभने उनीहरु अर्को व्यक्तिलाई आकर्षित गर्ने प्रयासमा हुँदैनन् र आफू जस्तो छन् त्यसैमा खुसी हुन्छन् ।’ साथै, सम्बन्धमा खुसी नहुने जोडीको तनावका कारण तौल बढ्न सकिरहेको हुँदैन । यद्यपी, तौल बढिरहेका जोडीले आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै आफ्नो बडीमासइन्डेक्सबारे पनि सोच्नुपर्छ ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनले तौल बढ्ने प्रक्रिया सरुवा भएको बताएको छ । यदि श्रीमान्–श्रीमतीबीच एकको तौल बढिरहेको छ भने उनको पार्टनरको तौल बढ्ने सम्भावना ३७ प्रतिशतले वृद्धि हुन्छ किनभने उनीहरुले एक–अर्काको खाने बानी अनुशरण गर्छन् । धेरै समयसम्म सँगै बस्ने भएकाले उनीहरुको एक–अर्काको बानी सिको गर्छन् । साथै, सम्बन्धमा खुसी नहुनेहरु एक–अर्कासँग धेरै समय नबिताउने भएकाले एक–अर्काको खाने बानी पछ्याउन असम्भव झैं हुन्छ ।

शोधमा संलग्न अनुसन्धानकर्ताले जोडीको वरिपरिको वातावरण, उनीहरुको बानी र आपसी गतिविधीलाई नियाले जसमार्फत् जोडीको खाना खाने बानीले मनोवैज्ञानिक तरिकाले प्रभावित गरेको पाइयो ।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो अनुसन्धान स्वास्थ्य क्षेत्रका विज्ञले गरेता पनि यो संसारका केही भागको मात्रै उदाहरण हो । यहाँ संसारभरी नै यस्तो हुन्छ भनेर ठोकुवा गर्न खोजिएको होइन । त्यसकारण सबैमा यस्तै हुन्छ भन्ने पनि छैन । अपवाद भन्ने कुरा जहाँ पनि हुन्छ त्यसैले यदि तपाईंको विवाहपछि तौल बढिरहेको छैन भने तपाईं आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ भन्न खोजिएको पनि होइन । यो अनुसन्धान जोडीको जीवनशैलीबारे थाहा पाउन र मोटोपनाबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर गरिएको हो ।

जोडीले स्वस्थ खानपिन र जीवनशैलीमार्फत सकारात्मक तरिकाले एक अर्कालाई प्रभावित गर्नुपर्छ । आफ्नो पार्टनरको तौल जस्तोसुकै होस् जोडीले जीवनभरी एक–अर्काको साथमा रमाउन जान्नुपर्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies