Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्रिकेटमा राजनीतिः सैन्य टोपी लगाउने भारतीय क्रिकेट टोलीमाथि पाकिस्तानद्वारा कारबाही माग

पाकिस्तानी किक्रेट बोर्ड पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलाई भारतीय खेलाडीहरूले मैदानमा सैन्य टोपी लगाएकोमा असन्तुष्टि जनाउँदै कारबाहीका लागि आवश्यक कदमहरु चाल्न आग्रह छ।

भारतले शुक्रवार राँचीमा भएको अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा सैन्य टोपी लगाएको थियो।

गत महिना भारतको कश्मीर प्रान्तमा भएको आत्मघाती हमलामा ज्यान गुमाएका ४० सैनिकहरुको सम्मानमा त्यसो गरिएको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले बताएको छ।

आइसीसीको अनुमति
बीसीसीआईले खेलअघि सैन्य टोपी प्रयोगका लागि आइसीसीसँग अनुमति मागेको थियो।

परोपकारी उद्देश्यको खेल भएकोले अनुमति दिएको आईसीसीका प्रवक्ताले बताएका छन्।

भारतीय खेलाडीहरूले उक्त खेलको पारिश्रमिक मारिएका सेनाका परिवारलाई सहयोग गरेका थिए।

पलुवामा आत्मघाती हमला भएपछि बीसीसीआईले क्रिकेटको अन्तर्राष्ट्रिय नियामक निकाय आइसीसीलाई ुआतङ्कवादलाई प्रश्रय दिने मुलुकहरूसँग सम्बन्ध तोड्नुपर्नेु बताएको थियो।

सो हमलाका लागि भारतले पाकिस्तान जिम्मेवार भएको दाबी गरिरहेको छ।

क्रिकेटमा राजनीति
पीसीबीका अध्यक्ष इसान मणीले \'क्रिकेटमा राजनीति छिराउने प्रयास\' भएकोले विरोध गरिएको बताएका छन्।

उनले राजनीतिक अभिव्यक्तिका कारण आइसीसीले अनुशासनको कारवाही भएका दुईवटा पछिल्ला घटना स्मरण समेत गराएका थिए।

\'हामीले कडा रुपबाट आफ्नो कुरा आइसीसीलाई अवगत गराएका छौँ। यसको उद्देश्य र पाकिस्तानको अडानबारे हामीलाई कुनै द्वविधा छैन\', उनले भने।

क्रिकेट जगतमा भारतको विश्वसनीयता नराम्रोसँग खस्किएको छ।

दुई नजिर

इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले सन् २०१४मा भारतविरुद्धको टेस्ट खेलमा सेभ गाजा र फ्रि प्यालेस्टाइन प्रिन्ट गरिएको रबर हातमा बाँधेका थिए।

सन् २०१७ मा दक्षिण अफ्रिकाका इमरान तहिरले श्रीलङ्काविरुद्ध विकेट लिएपछि धार्मिक गुरु जुनैद जम्सेदको टीसर्ट देखाएका थिए।

ती दुबैमाथि आइसीसीले अनुशासनको कारबाही गरेको थियो।

मणीले भने, \'विगतका यी दुई नजिरहरू अहिलेको अवस्थासँग मिल्दाजुल्दा छन् र हामीले भारतविरुद्ध समेत त्यस्तै कारवाही होस् भन्ने चाहेका छौँ।\' उनीहरूले लिएको अनुमति एउटा उद्देश्यको लागि थियो तर काम अर्कै थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies