Khabar Dabali Logo
  July 18, Thu

वल्र्डलिङ्कले अब निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराए । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पु¥याएको वल्र्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराए ।

इन्टरनेट विस्तार गर्ने क्रममा वल्र्डलिङ्कले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेकोसमेत उहाँले जानकारी गराए । विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पु¥याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराए।

उनका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पु¥याइनेछ । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उनले जानकारी दिए ।

फागुन २७ गते, २०७५ - १५:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५ वटा बुद्धमुर्ति तोडफोड

५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको...   
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीपीडित पशुपक्षीको उद्धार

काठमाडौं । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।...   
गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई...   
मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जासुस भएको आरोप लगाएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण...   

सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढ्यो

कास्की । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका...   

चितवनमा सवारी दुर्घटनामा परि १४६ को मृत्यु

चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५...   

काठमाडौंको ग्रान्डी अस्पतालविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा, ‘निष्पक्ष छानबिन समिति’ शंकाको घेरामा

काठमाडौं । धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल...   

सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब

काठमाडौं । कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र...   
चार तले भवन भत्किँदा १४ जनाको मृत्यु, नौ जना घाइते

चार तले भवन भत्किँदा १४ जनाको मृत्यु, नौ जना घाइते

मुम्बई– भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको...   

कतै बाढी, कतै खडेरीले खेत सुक्यो

कास्की । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top