Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

यसरी बनेको थियो एके–४७ राइफल, भारतमा बन्दैछ यसको ‘लेटेस्ट भर्सन’

एके–४७ विश्वको खुंखार हतियारमा पर्दछ । यसको उत्पति देखिनै यो हतियारलाई उछिन्ने कुनै हतियार बनेको छैन आजसम्म । यसका आविस्कारकका बारेमा त सबै जानकार नै छौं । रुसका प्रख्यात वैज्ञानिक क्लासनिकोभ नै यसका आविस्कारक हुन । सन् १९४७ मा निर्माण भएकाे यो हतियारको नाम नै अटोमेटिक क्लासनिकोभ अर्थात् एके र सालको नाम जोडेर एके–४७ राखिएकाे हो ।

क्लासनिकोभको पुरा नाम मिखाइल तिमोफेयेविक क्लासनिकोव हो । उनी आमाबाबुका १९ सन्तान मध्ये १७ औं सन्तान हुन् । क्लासनिकोभको जन्म १९१९ नोभेम्बर १० मा भएको हो । गरीब परिवारमा जन्मिएका उनलाई ६ वर्षको उमेरमाविभिन्न प्रकारका गम्भीर रोगको शिकार बने । उनी मुस्किलले बाँच्न सफल भए । सानै उमेरदेखि उनलाई मेसिनप्रति अत्यन्त रुची थियो ।

\"\"

मेसिन चलाउन उनलाई रमाइलो लाग्दथ्यो । उनी सन् ज्ञढघड मा रुसको लाल सेनामा भर्ति भए । उनको उचाई सेनाको मापदण्ड भन्दा कम भएपनि उनको मेसिनप्रतिको रुचीका कारण सेनामा भर्ति लिइएको थियो । मेसिनप्रतिको ज्ञानका कारण उनलाई पटक पटक पुरस्कृत पनि गरियो । उनी सेनामा ट्यांक कमाण्डर सम्म बनेका थिए ।

यसकारण बन्यो एके–४७
क्लानिसकोभले एके–४७ बनाउने समय दोस्रो विश्व युद्धको थियो । दोस्रो विश्वयुद्धमा ट्यांक चलाउँदा चलाउँदै उनी घाइते बने । उनलाई उपचारका लागि अस्पताल लगियो । जब उनको अस्पतालमा उपचार भइरहेको थियो त्यसबेला केही सैनिक उनीसँगै अस्पतालमा थिए ।

उनीहरु रुसी हतियारको कमजोरीका बारेमा गफ गर्दै थिए । उनीहरुको गफ सुनेपछि क्लानिस्कोभलाई अपमानित महसुश भयो । त्यसपछि उनले रुसी सैनिकका लागि यस्तो हतियार बनाउने जसप्रति आफ्नो देशका लागि गर्व महसुश होस् ।

\"\"

केही वर्षपछि उनले एके–४७ राइफल बनाए । असाध्यै कडा मेहनतले बनाएको यस राइफल धेरै कुराहरुलाई मध्यनजर गर्दै बनाइएको थियो । रुसी सीमामा धेरै जाडो हुनेहुँदा भारी हतियार बोक्न सैनिकहरुलाई समस्या हुने गर्दथ्यो । तर उनले एके–४७ बनाईसकेपछि सैनिकका लागि युद्ध लड्न धेरै नै सहज भयो । एके–४७ का धेरै सकारात्मक पक्ष मध्ये कुनै पनि टे«ेनिङ बिना नै पनि चलाउन सकिन्छ ।

भारतमा सबैभन्दा लेटेस्ट एके–४७ को भर्सन !
भारतको उत्तर प्रदेशको अमेठीमा अब विश्वको सबैभन्दा खतरानाक एसल्ट राइफल एके–२०३ राइफलको निर्माण हुनेभएको छ । प्रधत्रानमन्त्री नरेन्द्र मोदीले उक्त स्थानको कोरवा आयुध कारकानाको उद्घाटन पनि गरेका छन् । यो कारखानामा हरे वर्ष ७५ हजार एके–२०३ राइफल बनाइने छ । यो एके–४७ राइफलको सबैभन्दा उन्नत संस्करणका रुपमा भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो पुराना एके–४७ को तुलनामा तीब्र गतिमा मार हान्न सक्ने बनाइएको छ । एजेन्सीको सहयोगमा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies