Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

क्यानभासमा च्याङ्बा दाइ

कविता

भर्खरै च्याङ्बा दाइले बिसाएर गरौ भारी
चौतारीमा सुस्ताएका छन् एकै छिन
हिमाली बतास पहाडी जीवन ।

क्रान्ति जस्तै जीवन सरल रेखामा कहिल्यै चलेन
बाङ्गोटिङ्गो
कत्ति रुखो भयो बैँस
उकालो ओरालो, उबडखाबड ।

साँच्चै सुख र दुस्खमा कुन्नि कस्तो भेद होला !
दस वर्ष अगिकै कुरा त हो नि
छोरी पुतलीलाई रहर सँगालेर
एउटा जामा किनिदिँदा
तोते बोलीमा भनेकी
ञमेलो लाम्मो बाबाझ
भरिएर आएका थिए अधीर दुई दृग ।

दुस्खको महसुस गर्नलाई
सुखको खास के अनुभव भयो र ?
प्यारी माहिलीलाई फाटेको चोली लाउनमा
कस्तो थियो होला
भित्रिएको पहिलो दिन नै विवश आँसु पुछ्दै भनेकी थिई
गरिबको पनि दिन आउँछ ।

सम्झनाका एक एक पाना
थकाइ बिर्सने बहाना हुन सक्छ
च्याङ्बा दाइ मेरो देश चियाउने आँखीझ्याल
कसरी आउला गरिबको त्यो दिन
पिठिउँमा बोकेर साहुको भारी
बदलिन्छ जीवन भनेर
कसले विश्वास गर्यो र ?

म हुटिट्याउ होइन आकाश थाम्न
यो देश मैले थामेको पनि होओइन
मैले बुझ्न सकेको पनि होओइन
ठुलाका कुरा,
भोट पाउनेका कुरा,
सरकार चलाउनेका कुरा
उस् पर आसनबाट शासन गर्नेका कुरा ।

हामी जस्ताको आफ्ना नेता भएनन्, पार्टी भएन,
पहुँच भएन, कार्यकर्ता भएनौँ, जित भएन, सरकार भएन,
समय भएन
भएको यत्ति हो नाम्लो र भारी ।

र त यति बेला
च्याङ्बा दाइले आफूलाई बिल्कुन त्यही भकुन्डो ठानेका छन्
जसलाई फरक फरक खेलाडीले मैदानमा उत्रँदा खेलाए
जित त खेलाडीको भयो खप्नुपर्यो च्याङ्बा दाइले खेलाडीका हरेक प्रहार ।

धेरै अघि नै हो रेड्वामा सुनेको यो गीत
ञएक युगमा एक दिन एक चोटि आउँछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।
त्यसयता च्याङ्बा दाइको जीवनमा धेरै उथलपुथल आयो
छोरीलाई मुटुको छिद्राले लग्यो
प्यारीलाई सुत्केरी व्यथाले लग्यो
भएको कटेरो साहुले लग्यो
सुख दु:खमा भेद गरिबीको चिथोर्याइले लग्यो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies