/  Mon, March 25, 2019

नायिका प्रियंका कार्की र आयुष्मान बने महिनावारी स्वस्छता दूत

काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेका थिए ।

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो ।
मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिए । उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताए ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताउनुभयो । मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाई छ ।

कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

फागुन १४ गते, २०७५ - १५:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

राँझा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय...   

लगातार घटिरहेको शेयर बजार थामियो

काठमाडौँ। लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

नेकपा गाउँपालिकास्तरीय कमिटी सर्वसम्मतले चयन

दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ । गाउँपालिका...   

पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य...   

विप्लव समूहलाई प्रतिबन्ध लगाएको कुरा पत्रपत्रिकामा आएपछि मात्रै थाहा पाए –नेता नेपाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले...   

दाजुले बालेको सलाईवाट सल्किएको आगोले एक महिने बहिनीको मृत्यु

दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक...   
दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन...   

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज। पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको...   

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने– उपप्रधानमन्त्री पोखरेल

विराटनगर। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट...   
जापानसँग नेपालको श्रम सम्झौता  जापानिज नागरिक सरह सुविधा पाउने

जापानसँग नेपालको श्रम सम्झौता जापानिज नागरिक सरह सुविधा पाउने

काठमाडौं । नेपाली कामदार लैजाने विषयमा सोमबार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top