Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गाउँपालिका प्रमुखद्वारा, रुखबाट खसेका घाइतेको उपचार

गलेश्वर। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पुर्याई उपचार गरिएको छ । गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी पाएपछि अध्यक्ष भण्डारीले आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गराएर उपचारका लागि पोखरा पठाएकाे रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए । सदस्य छन्त्यालका अनुसार घाइते प्रविणको अवस्था अत्यन्त गम्भीर भएको थाहा पाएपछि अध्यक्ष भण्डारीलाई खबर गरी उनकै आर्थिक सहयोगमा पोखरा लगिएको हो । अहिले घाइतेको अवस्थामा सुधार आएको बताइएको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाकै बिकट ठाडाँखानीमा यस्तो अवस्था भएको खबर पाएलगत्तै उनको उपचारमा पाखापानी स्वास्थ्य चौकीका दुई कर्मचारीलाई घाइते भएको स्थानमा पुर्याएर प्राथमिक उपचार गर्न लगाई हेलिकोप्टर मार्फत पोखरा लगिएको र अहिले घाइतेको अवस्थामा सुधार आएको बताए । खानेपानीका लागि ताकमबासीद्वारा श्रमदान पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीयवासीले आफ्नै घरदैलोमा खानेपानी ल्याउन रु एक करोड ४८ लाख बराबरको जनश्रमदान गरेका छन् । गाउँघरमा सार्वजनिक धारा तथा कुवाको प्रयोग गर्दै आएका ताकमवासीले सरकारी अनुदानबाहेक जनश्रमदान गरेर कोठखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत घरदैलोमै खानेपानी ल्याउन सफल भएका हुन् । नेपाल र फिनल्याण्ड सरकार, धवलागिरि गाउँपालिकाको वडा कार्यालय र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामा स्थानीयले आफ्नो घरायसी कामलाई समेत छोडेर गाउँबाट करीब तीन किलोमिटर टाढा अवस्थित कोठखोलाबाट खानेपानी ल्याउन फिनल्याण्ड सरकारबाट रु पाँच लाख ११ हजार, धवलागिरि गापा–७ बाट रु १६ लाख सात हजार, भारतीय दूतावासमार्फत रु ६५ लाख ६७ हजार बराबरको पाइपबाहेक अन्य खर्च स्थानीयवासीले गरेको उपभोक्ता समितिका कोषाध्यक्ष गोपाल आचार्यले जानकारी दिए । साविकको ताकम गाविस वडा नं ३, ४, ५ र ६ वडाका ३३६ घरधुरीमध्ये काफलडाँडाका २९ घरधुरीमा बालमैत्रीसहित २९ धारा जडान गरिएको छ । उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । उन्नत जातको बीउ र आधुनिक प्रविधितर्फ आकर्षित भएका किसानहरुले मल भने प्राङगारिक नै रोजेका छन् । परम्परागत रैथाने बीउबिजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकाले किसानहरू कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका कृषि प्राविधिकहरुले बताएका छन् । खबराका अगुवा किसान चन्द्रबहादुर कार्की रैथाने बीउबिजन, परम्परागत खेती प्रणाली र घरेलु औजार तथा साधनबाट खेती गर्दा किसानको लगानी नै नउठ्ने भएपछि उन्नत जातको बीउ बिजन र प्रविधिप्रति आकर्षित भएको बताउछन् । परम्परागत तरिकाले स्थानीय जातका तरकारी, अन्नबाली लगाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउबिजन र प्रविधितर्फ लाग्नुपरेको उनको भनाइ छ । ‘मैले १७ रोपनी जग्गामा स्थानीय र उन्नत दुवै जातका तरकारी खेती गरेको छु, तर स्थानीयजातको तुलनामा उन्नत जातको बीउको तरिकारीबाट धेरै फाइदा हुने र बजारमा पनि सजिलैसंग विक्ने हुँदा उन्नत जात नै रोज्नुपर्ने बाध्यता रहेको छ’ कार्कीले भने ‘किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।’ त्यसैगरी मंगला गाउँपालिकाकी जानकी जैसी पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै उत्पादन लिन सकिने र स्थानीयको तुलनामा फाइदा पनि दोब्बर हुनेहुँदा उन्नत जातको तरकारी नै लगाउने गरेको उनले बताए । कार्की र जैसी मात्र होइन म्याग्दीका ६ ओटै स्थानीय तहका ३ सय भन्दा बढी व्यावसायिक कृषकहरुले स्थानीय जातका बीउ बिजन र प्रविधिलाई घटाउँदै उन्नत जात र आधुनिक प्रविधिलाई बढाउँदै लगेका छन् । उन्नत जातका बीउ बिजनतर्फ आकर्षित हुँदै गएका यहाँका किसानहरुले मलमा भने प्राङ्गारिक विधि अपनाउने गरेका छन् । रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै माटोको मौलिक गुणपनि हराउँदै जान थालेपछि किसानहरु सचेत बनेका हुन् । जिल्लाको मंगला गाउँपालिकाले त प्राङगारिक मल उद्योग नै संचालन गरेर किसानहरुलाई प्राङ्गारिक मलको प्रयोग गर्न अनवार्य गरेको छ । त्यसका साथै मानवमूत्र संकलन गरेर तरकारी,फलफूल र खाद्यान्न बालीमा प्रयोग गराउन मंगला गाउँपालिकाले अभियान नै संचालन गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies