Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भेनेजुएला प्रकरणः सैनिक हस्तक्षेपको त्रास देखाएर मदुरोले गरे सिमाना बन्द

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्। त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए। देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मदुरोले त्यस्तो कदम चालेका हुन्। यसअघि नै उसले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको थियो। त्यसतर्फ रहेको एउटा डच टापु कुरासोले अमेरिकाले दिने राहत भित्र्याउन सघाउने भनेपछि त्यसो गरिएको थियो। मदुरोले मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्। कोलम्बियासँगको सिमानामा रहेको नगर कुकुटामा गत साता अमेरिकी सेनाका जहाज राहत सामग्री बोकेर ओर्लिएपछि मदुरोले उनको भनाइ दोहोर्‍याए। सहायता रोक्ने प्रयास ब्राजिलको सरकार विपक्षी नेता ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनेमध्येको एक हो। उसले समेत भेनेजुएलासँगको आफ्नो सिमानामा सहायता सामग्री पठाएर सघाउने बताएको थियो। अहिले विपक्षी नेता ह्वान ग्वाइदो भने स्वयंसेवक एवं समर्थकले भरिएका गाडीका लस्करको नेतृत्व गर्दै राजधानी क्याराकसबाट कोलम्बियासँगको सीमातर्फ लागिसकेका छन्। राष्ट्रपति निकोलास मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन्। उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन्। त्यसक्रममा उनीहरूले सुरक्षाकर्मीबाट छिटफुट रुपमा अवरोध सामना गरिरहेका छन्। तर उनीहरू अघि बढ्ने क्रम भने रोकिएको छैन। क्याराकसमा रहेकी बीबीसी संवाददाता केटी वाट्सन भन्छिन्, प्रहरीले राजमार्गको एक ठाउँमा बाटो अवरुद्ध गर्न खोजेको थियो र उसले सञ्चारमाध्यममाथि मानव लस्करको दृश्य खिच्न समेत रोकिरहेको छ। बाटोमा झडपका घटना समेत भएका थिए। क्याराकसबाट सीमामा पुग्न लाग्ने झण्डै १३ घण्टा लामो मोटर यात्रामा उनीहरूले अन्य थुप्रै प्रहरी चेकपोष्टहरूको सामना गर्नुपर्नेछ। कोलम्बियाको सीमा सहर कुकुटा क्याराकसबाट झण्डै ९ सय किलोमिटर टाढा छ। मदुरोको राहत सन् २०१३ यता त्यहाँको सत्तामा रहेको मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन्। उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन्। तर यसैसाता उनले आफ्नो साझेदार रुसबाट ३०० टन सहायता सामग्री भेनेजुएला भित्र्याउने घोषणा गरेका थिए। भेनेजुएलाका खाद्यमन्त्रीले एउटा ट्विट गर्दै आफ्नो सरकारले कोलम्बियासँगको सीमा क्षेत्रमै झण्डै २० हजार राहतका सामग्री रहेको बाकस बाँड्ने समेत बताएका छन्। ट्विटमा राखिएको भिडि‌ओमा ती राहत भरिएका भनिएका ट्रकको लस्कर देखाइएको छ। शुक्रवार नै कोलम्बियामा ग्वाइदोकै आग्रहमा झण्डै दुई लाख पचास हजार मानिस जुट्ने अपेक्षा गरिएको एक सांगितिक कन्सर्ट ुभेनेजुएला एड लाइभु आयोजना हुँदैछ। एकजना चर्चित ब्रिटिस उद्यमी सर रिचर्ड ब्रान्सनले आयोजना गर्न लागेको त्यस परोपकारी कन्सर्टबाट भेनेजुएलामा राहतका लागि १० करोड डलर उठाउने अपेक्षा गरिएको छ। तर त्यसको झण्डै ३ सय मिटरको दुरीमा भेनेजुएलापट्टि मदुरोको सरकारले समेत त्यस्तै कन्सर्टका लागि स्टेज खडा गरेको छ। भेनेजुएलामा संकट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजिमा देश छाडेका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies