Khabar Dabali Logo
  February 28, Fri

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै – उपराष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उहाँले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले औँलाए। संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको उनले औँलाए । अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुने उनले औंल्याए ।

“भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन”, उनले भने “भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।” प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताए । उनका अनुसार भाषाको अवस्थाका बारेमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताए ।  शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रङ्गका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तीनका भाषाले देश सुन्दर बनाएको औँल्याए ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मातृभाषाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वर्षेनी कविता सम्मेलनको आयोजना भइरहेको बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले भाषिकालाई पनि भाषाका रुपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेकोे प्रष्ट पारे।

प्रतिष्ठानकी मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले कविहरुले वाचन गर्ने कविता आगामी दिनमा पुस्तकका रुपमा प्रकाशित गरिने बताए । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन ९युनस्को० ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले भने आठ वर्षदेखि यो दिवस मनाउँदै आएको छ । रासस

फागुन ९ गते, २०७५ - १६:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   

विहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीकामाथी तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक...   

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी...   

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई...   

Update : सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना

काठमाडौं । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन्...   

सरकारले अब डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लिने

काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया लिने भएको हो । बिहीवार...   
पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विघटनको दिशामा...   
राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकि राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top