Khabar Dabali Logo
  July 18, Thu

शुनकोशीमा तस्करीको दादागिरी, मिलोमत्तोमा ब्रमलुट गुन्डा नाइके सत्यलामाले १ करोड ५० लाखको टेण्डर ८३ लाखमा झ्वाम पारे

काभ्रेपलाञ्चोक । गाउँपालिकाको अध्यक्षसँग मिलेर तस्करहरुले १ करोड ५० लाखमा टेण्डर गरेको वालुवा उत्खनलाई सेटिङ मिलाएर ४० प्रतिशत कम गरिएको खुलासा भएको छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं.२ र ३ को सुनकोशीको बगरमा वालुवा उत्खनन्मा करोडौंको घोटाला भएको खुलासा भएको हो ।
प्राप्त समाचार अनुशार वालुवा तस्करको गिरोहले तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह लामासँग मिलेर संझौता विपरित वालुवा उत्खनन मात्र गरेन् । संझौता विपरित ४० प्रतिशत रकम समेत कम गरेर मिलोमत्तोमा राजश्व घोटाला गरेका हुन् ।

तेमाल गाउँपालिकाको चुखावेशी र च्युरीआँप बगरमा गुण्डा नाइके तथा काठमाडौंको ठमेल र वालुवाटार क्षेत्रमा छोटे डन भनेरचिनिएका सत्यमान लामाले आफ्नै मामा पर्ने गाउँपालिका अध्यक्ष लामालाई प्रभावमा पारेर बस्ती, विद्यालय र स्वास्थ्यचौकी समेतलाई असर पारेर स्काभेटर प्रयोग गरी वालुवा उत्खनन् मात्र गरेनन् राजश्व समेत छली गरेको पाइएको हो ।

दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का निमित्त सञ्चालक सत्यमान लामाले सम्झौता विपरित वालुवा उत्खनन् गरेकोभन्दै स्थानियहरुले प्लेकार्ड सहित विरोध गर्दै कानून विपरित गरिएको घोटाला र मापदण्ड विपरितको उत्खनन्को विरोध गरेसँगै करोडौको घोटाला बाहिर आएको हो ।

सम्झौतामा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र खन्न पाउने सम्झौता भएपनि लामाले राती ११ देखि १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीयले बताए । त्यसोत १ करोड ५० लाखको टेण्डरमा लामाले ८३ लाखमै कागज मिलाएको स्थानियहरुको आरोप छ ।

एकातिर कर छल्ने र अर्को तिर मापदण्ड मिच्ने गरेका लामालाई सांसद सहित स्थानिय केही नेताको आर्शिवाद पाएकोले उदण्डता मचाएको स्थानियहरुले बताए ।

नेकपालाई आफ्नो पार्टी भन्ने र काँग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका लामालाई मामा भन्दै उनले रातदिन शुनकोशी दोहन गरेको भन्दै स्थानियहरु आन्दोलित भएका हुन् ।

आन्दोन सुरु गरेका स्थानियहरुलाई आफ्नो विरोध गरेको भन्दै ठेगेदार लामाले धम्की दिएसँगै स्थानियहरुले टिफर तथा जेसिवीलाई शुनकोशी नदीमाथि रोक लगाएका छन् ।

स्थानियहरुको विरोध र रोकपछि व्यवसायी सत्यमानले बनेपामा पत्रकार सम्मेलन गरी भ्रम फैलाउन खोजेको भन्दै स्थानियहरुले नदी किनारामै स्थानीयले गुण्डागर्दी बन्द गर्न र सरकारी सम्पतीको दोहनको अन्त्यको माग गर्दै प्रदशन गरेका छन् ।

व्यवसायी सत्यमान लामाले स्थानीयलाई नेता, पुलिस र प्रमुख जिल्ला अधिकारी समेत किनिसकेको छु भन्दै धम्काउन थालेको आरोप छ ।
तिमीहरुले केहि गर्न सक्दैनौ सके रोक भनेर धम्कि दिए स्थानीय चन्द्र लामाले भने ।

लामाले सांसद गंगाबहादुर दोङलाई आफुले गाडी किनिदिएको बताउँँदै कसैले केही गर्न नसक्ने धम्कि दिएको बताए । सांसद नविना लामाको निकट मानिएका सत्यमान लामाले पछिल्लो समय कमाइ खान त नेपाली काँग्रेस नै ठिक भन्दै हिँड्ने गरेको स्थानीय बताउँछन् ।

उनले भने ‘म गंगा बहादुर दोङ (बमध्वज) लाई संघीय सभासद विजयी गराउन उनको भन्दा मेरो गर्दन माथी राखेर हिँडेको हुँ । तर उनी आफैं साझेदार भएर यस्तो हर्कत गर्दै हिँडे । अब हाम्रो गाउँले उनलाई कुनैपनि हालतमा सहयोग गर्ने छैन ।’

स्थानीयका अनुसार लामाले मंगलबार राती १० बजे प्रहरी समेत ल्याएर स्थानीयलाई धम्क दिएका थिए । धम्कपिछि गाउँलेलाई तर्साउन लामाले बुधबार पत्रकार सम्मेलन गरी आफूलाई वालुवा उत्खनन् गर्न नदिएको बिलौना गरेक थिए ।

स्थानीयले अबैधानिक कार्य नियन्त्रण नगरेसम्म उत्खनन् गर्न नदिने बताउँदै आएका छन् । लामाले काम रोक गर्नेलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

डनहरुको कागताली राजनीति र व्यवसायीक साझेदारको खुलासा
दुवाकोट कन्स्ट्रक्शन एवं सालीनदी निर्माण सेवा प्रा.लि.का सञ्चालकहरूमा गुण्डा नाईके सत्यमान लामा, अर्का डन विष्णु लामा र स्थानीय केही जनप्रतिनिधिहरू समेत रहेको स्थानीयले बताए ।

सत्यमान लामा फरार रहेका गुण्डा नाईके दावा लामाका सहयोगी हुन् । दावाले पछिल्लो समय भारतको सिक्कम र दुवईमा बसेर नेपालमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको माचार बाहिरी सकेको छ भने लामाले बुद्यचित्त मालाको तस्करी र डलर कारोबार गर्ने गरेको आरोप छ ।

पटक पटक गुण्डागर्दी र धम्की दिएको काण्डमा जेल परेसँगै सांसद नविना लामाको निगाहमा छुट्दै आएपछि पछिल्लो समय लामा नेपाली काँग्रेसका नेता समेत मानिएका विष्णु लामासँग साझेदारीमा गाउँपालिका अध्यक्षको सहयोगमा सुनकोशी नदीमा बालुवा उत्खनन् गर्दै आएका छन् ।

सत्यमान अघिल्लो बर्ष दिनभर एमालेका गाउँपालिकका उम्मेदवार प्रदिप लामालाई जिताउन भन्दै हिड्ने र साँझ परेसँगै इन्द्रेणी फुड ल्याण्डमा गुण्डा नाइके दावा लामासँग काग्रेंसका उम्मेदवारलाई जिताउन मिटिङ बसेको भिडियो समेत सार्वजनिक भएको छ ।
लामाले डन गणेश लामाले किनेको मालालाई समेत प्रहरी प्रशासनको मिलोमत्तोमा लुटेर लगेका थिए । काभ्रेको तिमाल क्षेत्रमा महंगो पर्ने वुद्घचित्तमा आँखा गाड्दै लुटत्रन्त्र र आंतक मचाउँदै आएका लामाले पछिल्लो समय वालुवाखानीमा समेत आँखा गाडेर आतंक मचाउँदै आइरहेका छन् ।

फागुन ९ गते, २०७५ - १४:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको...   

सुन र चाँदीको मुल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो...   

एन आई सी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

ललितपुर । एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका...   
५ वटा बुद्धमुर्ति तोडफोड

५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको...   
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीपीडित पशुपक्षीको उद्धार

काठमाडौं । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।...   
गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

गृहमन्त्रीद्वारा १५६ हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई...   
मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

मृत्युदण्ड सुनाइएका ‘भारतीय जासुस’ को मुद्दा फेरि हेर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले जासुस भएको आरोप लगाएका भूतपूर्व भारतीय नौसैनिक अधिकारी कुलभूषण...   

सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढ्यो

कास्की । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका...   

चितवनमा सवारी दुर्घटनामा परि १४६ को मृत्यु

चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५...   

काठमाडौंको ग्रान्डी अस्पतालविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा, ‘निष्पक्ष छानबिन समिति’ शंकाको घेरामा

काठमाडौं । धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top