राजधानी ढाकामा भीषण आगलागीः मृत्यु हुनेको संख्या ७० जना पुग्यो (अपडेट)
फाल्गुन ९ गते, २०७५ बिहिवार 21st February, 2019 Thu१३:४०:३१ मा प्रकाशित
ढाका। गलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ ।
राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।
जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।
ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो ।
राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो ।
यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर शिकार भएका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।
ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्को घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।
उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो ।
उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्को घरमा सल्किन पुगेको थियो ।
सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए ।
अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।
ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ ।
हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ । सिन्ह्वा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: