Khabar Dabali Logo
  May 24, Fri

म्याद गुज्रिएको लाखौंको सामग्री नष्ट

भोजपुर। सदरमुकामका बजार पसलबाट रु एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी रु ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा बिस्कुट, पेय पदार्थलगायतका सामग्री नष्ट गरिएको हो । अनुगमन टोलीले सबैभन्दा बढी प्रधान होटल, सजिना किराना पसल, केएफसी होटल, उषा होटल एण्ड लज, सुम्निमा गेष्टहाउस, विनिता होटल, शेर्पा स्टोर्सलगायतका पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यान्नका सामग्री फेला पारेको हो ।

टोलीले जिल्ला अस्पताल छेउका पसलदेखि चार भञ्ज्याङसम्मका २९ पसलको अनुगमन गरेको थियो । पछिल्लो समयमा प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिन थालेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका पसल तथा होटलका सञ्चालकलाई अर्को अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा कारवाही गरिने सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।

फागुन ९ गते, २०७५ - १३:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसबर्ष इतिहासकै सबैभन्दा बढी सगरमाथामा आरोही

काठमाडौं । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका...   

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले...   
विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि...   
नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतीय नरेन्द« मोदीलाई...   

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै झडप, सुरक्षा व्यवस्था कडा

काठमाडौं । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने...   
कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ’कप्स’ को अफिसियल पोष्टर (फस्ट...   

हतियारसहित आठ जना डाँका धनुषाबाट पक्राउ

धनुषा । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ...   

चुनावी नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘लोकसभा निर्वाचनमा उत्साहजनक...   

कोरिया भाषा परीक्षाको तयारी तीव्र, समय र स्थान तोकियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको...   
पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top