Khabar Dabali Logo
  February 28, Fri

विश्वकप छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।

नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे ।

बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।

फागुन ९ गते, २०७५ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी...   

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई...   

Update : सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना

काठमाडौं । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन्...   

सरकारले अब डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लिने

काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया लिने भएको हो । बिहीवार...   
पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

पार्टीलाई विघटनको दिशामा जान नदिन गम्भीर हुनुपर्छ – नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विघटनको दिशामा...   
राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकि राष्ट्रपति...   
‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

‘दुबो र फूलमा मन थाम्न सक्दैनौँ हामी’

काठमाडौं । यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै...   

ज्ञानेन्द्र शाहीको कारण ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पुर्व डिआइजी रमेशप्रसाद खरेल हाम्रो नेपाल हामी नेपाली अभियानबाट अलग्गीएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top