/  Mon, March 25, 2019

हिमाली जिल्लामा पुनः भारी हिमपात

हुम्ला। हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिगँ्रदा एक महीनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ ।

माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।

प्रहरीको वासस्थान स¥यो

नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उहाँले जानकारी दिए । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उनले बताए ।

दाउराको माग

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ । उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो ।

जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताए । लगातार हिमपात हँुदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उनले बताए । दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन् ।

डोल्पालीहरू अलपत्र

केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन ।

हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ । विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ ।

हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । महीनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका९१ धो तरापका नाम्ग्याल गुरुङले बताए। उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन् । गुरुङ भन्छन्, ‘‘अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैंचा कारखानाहरूमा बस्नु परेको छ ।रासस

फागुन ९ गते, २०७५ - १२:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

राँझा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय...   

लगातार घटिरहेको शेयर बजार थामियो

काठमाडौँ। लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

नेकपा गाउँपालिकास्तरीय कमिटी सर्वसम्मतले चयन

दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ । गाउँपालिका...   

पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य...   

विप्लव समूहलाई प्रतिबन्ध लगाएको कुरा पत्रपत्रिकामा आएपछि मात्रै थाहा पाए –नेता नेपाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले...   

दाजुले बालेको सलाईवाट सल्किएको आगोले एक महिने बहिनीको मृत्यु

दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक...   
दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखामा कारोबार प्रारम्भ

दाङ्ग । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन...   

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज। पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको...   

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने– उपप्रधानमन्त्री पोखरेल

विराटनगर। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट...   
जापानसँग नेपालको श्रम सम्झौता  जापानिज नागरिक सरह सुविधा पाउने

जापानसँग नेपालको श्रम सम्झौता जापानिज नागरिक सरह सुविधा पाउने

काठमाडौं । नेपाली कामदार लैजाने विषयमा सोमबार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top