Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बेरोजगारी्ले तड्पिएका युवालाई पुलले दियो रोजगारी

बेझाड। बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ । वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । कालीगण्डकीका विभिन्न घाटमा पक्की पुल धमाधम निर्माण शुरु भएपछि सयौँ युवाले रोजगारीको अवसर पाएका छन् । रोजगारीको समस्याले विदेशमै भौँतारिनुभन्दा घरमै बसेर आफ्नै गाउँठाउँमा काम गर्ने अवसर पाएकामा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने थर्कबहादुर कुमालले खुशी व्यक्त गरे । कुमाल अहिले पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाटमा निर्माण भइरहेको पक्की पुलमा दुई वर्षदेखि निरन्तर काम गर्दै आएका छन् । “घरपायक रोजगारी मिलेको छ, विदेश गएपनि काम गर्ने यस्तै हो, एउटा काम भनेर गयो, अर्कैै दुःखको काम पर्छ, यही काम गर्न पाउँदा आनन्द लाग्छ” कुमालले भने । उनले दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर खटेर काम गरेवापत रु ७०० ज्याला बुझ्नुहुन्छ । यसैबाट छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन सहज भएको उनी बताउछन् । मजदुरी गरेर आफ्ना सन्ततीलाई उच्च शिक्षा दिलाउने कुमालको अठोट छ । विगत १५ वर्षदेखि रामपुर क्षेत्रमा काम गर्दै आउनुभएका रुपन्देहीका मङ्गलप्रसाद चौधरीलाई पनि पुलले रोजगारी दिएको छ । चौधरी पुल निर्माणमा मेसिन, विल्डिङसम्बन्धी काममा निकै सिपालु हुनुहुन्छ । उहाँले साँझ बिहानको खाना खाएर मासिक रु ३५ हजार रकम कमाई गर्नुहुन्छ । वैदेशिक रोजगारीको कमाई यहीँ बसेर सजिलैसँग गर्दै आएको उहाँ बताउनुहुन्छ । “नेपालमै महीनामा रु ३५ हजार कमाई भएपछि वैदेशिक रोजगारीमै जानु परेन, खाना बासको खर्च तिर्नुपर्दैन, तलब जति सबै घरखर्च, छोराछोरीको पढाइ खर्चमा मात्र नभई केही रकम बचतसमेत गर्न थालेको छु”, चौधरीले भन्नुभयो । रोजगारीकै लागि बर्दियाका ४३ वर्षीय प्रभा थारू दुई वर्षदेखि निरन्तर पुल निर्माणकार्यमा संलग्न छन् । थारूले यहाँ दैनिक मिस्त्री काम गरेर रु ८०० कमाएर पारिवारिक गुजारा राम्रैसँग चलेको बताए । “विदेशको मुख ताकेर बस्ने होइन, आफ्नै देशमा सकेको जानेको सीप गरियो भने विदेशमा कमाउने धन यहीँ कमाउन सकिन्छ”, थारूको भनाइ छ । उनले १५ वर्षदेखि मुलुकका विभिन्न नदी, खोलामा पुल निर्माणमा काम गर्दै आउनुभएको छ । पुल निर्माणकार्य शुरु भएपछि होटल व्यवसाय पनि फस्टाउँदै गएको नगरपालिका–६ का कमला डोटेलले बताए । पहिला सुनसान बनेको व्यवसाय अहिले व्यापार बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको उनले बताए । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीमार्फत २०७२ फागुन १६ गते शिलान्यास गरिएको गौरीघाटको पुल निर्माणकार्यमा ४० कामदारले निरन्तर रोजगारी पाएका छन् । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा सम्झौता भई निर्माणकार्य शुरु भएको हो । कामदारको कामअनुसार ज्याला उपलब्ध गराउँदै आएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताए । यहाँ काम गर्ने कामदारले दैनिक कम्तीमा रु ७०० देखि एक हजार ५०० सम्म ज्याला रकम बुझ्ने गरेका छन् । सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षमा छ पक्की पुल निर्माणकार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट, निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हुँदैछन् । जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाउखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणकार्य बढाइएको छ । यहाँ धेरै युवाले रोजगारीको अवसर प्राप्त गरेका छन् । पुल निर्माणकार्यमा पुरुषले मात्र नभई महिलाले पनि रोजगारी पाएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies