Khabar Dabali Logo
  May 29, Fri

दुई चालक नराख्ने सवारी साधन धमाधम कारवाहीमा

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिए ।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई रु एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ ।

फागुन ९ गते, २०७५ - ११:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद, प्रहरीको निर्घात कुटाइबाट दुई युवकको हात भाँचियाे

प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट...   

गोँगबुमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ...   
वन्यजन्तुको मासुसहित १० जना पक्राउ

वन्यजन्तुको मासुसहित १० जना पक्राउ

सल्यान । जंगली जनवारको मासुसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका –७...   
प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न विश्व समुदायसँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठुला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व...   

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलामाथि हुने सबै प्रकारका...   

रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु

रोल्पा । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका...   

सरकारले तत्काल २५ हजार नेपालीलाई स्वदेश ल्याउने, जहाज भाडा र होटल खर्च आफैंले व्यहोर्नु पर्ने

युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा माफी पाएर बसेका पहिलो प्राथमिकतामा काठमाडौँ । सरकारले विदेशमा...   

सरकारले भारतबाट फर्किने नेपालीका लागि तोक्यो यी २० नाका

काठमाडौँ । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरु २० वटा नाका आउन पाउने भएका छन्...   

अग्रपङ्तिमा रहेर खटिने एक सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य...   

पहिलो पटक श्रम केन्द्रित बजेट, करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top