Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि उनले जेल सजायको सामना गर्नु पर्ने भएको छ।

एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ। गत वर्षको डिसेम्बर १५ तारिखसम्ममा आरकमले एरिक्सनलाई बक्यौता रकम तिरिसक्नु पर्ने भनी भारतको सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्न आरकम असफल भएको छ।

अब अनिल अम्बानीले त्यस्तो रकम नतिरे उनलाई तीन महिनाको जेल सजाय हुने भारतको सर्वोच्च अदालतले बताएको छ। उनलाई अदालतको आदेशको अवहेलना गरेको अभियोगमा दोषी ठहराउँदै उक्त रकम भुक्तानी गर्न अर्को चार हप्ताको समय दिइएको नत्र जेल जानु पर्ने भनिएको छ।

यो विवादको दुवै पक्षले आफूहरूले अदालतको आदेशको सम्मान गर्ने बताएका छन्। एरिक्सनले सन् २०१४ मा उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो र गत वर्ष आरकमविरूद्धको अदालती प्रकृया आरम्भ गरेको थियो। अदालतले रिलायन्स टेलिकमका अध्यक्ष सतिस सेठ र रिलायन्स इन्फ्राटेलका अध्यक्ष छाँया भिरानीले पनि आफ्नो आदेश उल्लंघन गरेको ठहर गरेको छ। तर अदालतले भनेको छ- यदि ब्याजसहित बक्यौता रकम भुक्तानी गरिए तीनै जनाले सजाय बेहोर्न पर्ने छैन।

अर्को भिन्नै सन्दर्भको घटनामा, अनिलका दाजु मुकेश अम्बानीको नियन्त्रणमा रहेको रिलाएन्स इन्डस्ट्रिजले भारतमा सम्भावित लगानीका सम्बन्धमा साउदी आराम्कोसँग वार्ता गरिरहेको छ। विशाल तेल कम्पनी साउदी आराम्कोले भारतको पश्चिमी तटीय क्षेत्रमा संचालित ४४ अर्ब डलरको तेल प्रशोधन परियोजनामा सामेल हुनका लागि गत एप्रिलमा एउटा सहमति पत्रमा हस्ताक्षर गरेको थियो।

दिल्लीमा भएको एउटा छलफलका क्रममा साउदी आराम्कोका प्रमुख कार्यकारी अधिकृत अमिन नासरले आफूहरूले भारतमा थप लगानी गर्न खोजिरहेकाले रिलाएन्ससहित अन्य कम्पनीहरूसँग कुराकानी भैरहेको बताएका थिए। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies