/  Mon, March 25, 2019

यसरी भइन् सफल उद्यमी महिला तुलसा

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् ।

डेढ दशकदेखि सो पेशामा लाग्नु भएकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छिन्। शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर शुरुवात गरेकी उनले अहिले आफ्नै च्याउ प्रशोधन केन्द्र सञ्चालन गरेकी छिन् । करिब १४ वर्ष स्वयंसेविका भई सेवा गरेकी उनी जिल्ला भ्रमणमा गएको बेलामा चितवनमा गरेको च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउछिन् ।

विसं २०६० मा आफूले पहिलो पटक गाउँका ११ महिलालाई आवद्ध गराएर गङ्गामाला च्याउ समूह गठन गरे। गाउँको एक कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको र तीन वर्षसम्म समूहबाट भएको आम्दानीले गाउँमा एक कठ्ठा जमीन किनेर आफ्नै श्रमदान र लगानीले पक्की घर बनाएर अहिले पनि समूहमा आवद्ध महिला त्यहीँ च्याउखेती गरी रहेको आफ्नो विगत उनले सुनाइन् ।

उनले भनिन्, ‘अहिले भने आफूले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु, जिल्लामा हुने प्राय सबै ठाउँमा च्याउखेतीको बारेमा तालीम दिन प्रशिक्षक भएर जाने गरेकी छु ।’ रु तीन लाख रुपैँयाबाट आफ्नो निजी च्याउ उद्योगको शुरुवात गरेको बताउने उनले अहिले झण्डै रु एक करोड मूल्यबराबरको लगानी गरेर पक्की घर तथा च्याउखेतीका लागि आवश्यकपर्ने सामग्री जोड्न समेत सफल भएकी छिन् ।

त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । तुलसाले जिल्ला तथा केन्द्रीयस्तरका पुरुस्कार समेत प्राप्त गरिसकेकी छिन् । यसपटक पनि उनलाई तुलसीपुर उपमहानगरपालिले केही महीना अगाडि उत्कृष्ट महिला उद्यमीका रुपमा पुरुस्कृत गरेको थियो ।

कृषि विकास कार्यालय र लघुउद्यम कार्यालयले पनि उनलाई सहयोग गदै आएको छ । अहिले उनले उत्पादन गर्ने ताजा च्याउ, च्याउको अचार, सुकुटी दाङ तथा जिल्ला बाहिरका ठूलाठूला शहरमा जाने गरेको छ । उनको अबको चाहाना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रहेको छ ।

अहिले उनले ताजा च्याउ प्रतिकिलो रु १८० देखि रु २०० सम्म, सुकुटी गराएको च्याउ प्रतिकेजी रु २५० देखि रु २८० सम्म र अचार प्रतिकिलो चारसय रु ५०० मा बिक्री गदै आएकी छिन् । कडा परिश्रम पनि गर्न नपर्ने, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउखेती यहाँ लोकप्रिय छ । उनी भन्छिन्,“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानेगर्नुे हुन्छ त्यो भन्दा आफनै गाउँ ठाउँमा थोरै लगानीमा यस्ता आयआर्जन मुलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ ।”

फागुन ८ गते, २०७५ - १५:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम। मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी...   

दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ, उत्तिनै सम्बन्ध विच्छेद हुने संभावना बढ्छ ।

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । अक्सर श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने मान्यता...   
खोटाङका किसान भन्छन्, पुलपुलेसा चाहिँदैन सरकार, बाँदर नियन्त्रण गरिदेऊ !

खोटाङका किसान भन्छन्, पुलपुलेसा चाहिँदैन सरकार, बाँदर नियन्त्रण गरिदेऊ !

खोटाङ । जतिसुकै मेहनत गरे पनि बाली भित्र्याउने बेला बाँदरले सत्यानाश पारिदिन थालेपछि दिक्क बनेका...   
पाँचखालमा नयाँ पुस्ताका आलुको बीउ उत्पादन

पाँचखालमा नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको...   

घरघरमा पानीको धारा आएपछि स्थानीयवासी खुशी

गोरखा । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि...   

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौँ । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि...   

डेटिङमा समस्या आएको भन्दै आमाले हप्तादिनको बच्चा बेचेपछि…

काठमाडौं । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो...   

बम पड्काउन आउनेसँग ताली पड्काउन सकिन्न

काठमाडौं । विप्लवजीहरूलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरू...   
सडक खन्दा चाँदी र तामाका सिक्का फेला

सडक खन्दा चाँदी र तामाका सिक्का फेला

धम्बोजी। बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका...   

प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top