Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु

भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरु गरेको हो । अनुसन्धानपश्चात् नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप सिकाइ केन्द्र स्थापना गरेको छ । केन्द्रमार्फत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकले विशुद्ध आँपको मात्र अनुसन्धान गर्नेछन् । वर्षेनी आँपको उत्पादन ओरालो लाग्दै गएपछि विश्वविद्यालयले आँपको अनुसन्धानमा जोड दिएको संयोजक श्रेष्ठले बताए । रोगकिरा, परम्परागत खेती प्रणालीलगायत समस्याले आँप खेती व्यवसायीकरण हुन नसकेपछि विश्वविद्यालय अनुसन्धानमा जुटेको उनको भनाइ छ । नेपालमा पाइने फलफूलमध्ये सर्वाधिक रुचाइने फलफूलमा आँप पर्दछ । यसको माग पनि बढ्दो छ तर नेपालमा आँपको उत्पादन भने वर्षेनी घट्दो छ । उत्पादन क्षेत्र बढे पनि उत्पादकत्व घट्दै गएपछि यसको अनुसन्धान शुरु गरेको श्रेष्ठले बताए । नेपालमा पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार आँपको उत्पादन क्षेत्र बढेर ३८ हजार ३५३ हेक्टर पुगेको छ तर उत्पादकत्व भने घटेर प्रतिहेक्टर ७।०५ मेट्रिक टन मात्रै छ । उत्पादकत्व घट्दै गएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी अनुसन्धानकर्तासँग सहकार्य शुरु गरेको छ । विश्वविद्यालयले आफ्नो जीवननै आँपको अनुसन्धानमा समर्पित गरेका थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता बोलाएर प्राध्यापक, विद्यार्थी, किसानलाई प्रशिक्षण दिएको छ । थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता डा राभी, डा जेट, डा लोपले प्रशिक्षण दिइरहेका छन् । सोमबारदेखि शुरु प्रशिक्षण बिहीबारसम्म चल्नेछ । प्रशिक्षणमा रामपुर क्याम्पसका प्रध्यापक, विद्यार्थी, नार्कका वैज्ञानिक र कृषि मन्त्रालयअन्तर्गतका कर्मचारी सहभागी छन् । अन्तर्राष्ट्रियस्तरको यस्ता कार्यशालाले नेपालमा आँपखेतीमा देखिएका समस्याको समाधान र नियन्त्रणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने आइफा परियोजनाका कन्ट्री डाइरेक्टर अमर थिङले बताए । नेपालमा पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग पुर्याउने उनको भनाइ छ । नेपालमा हाल ६३ जिल्लामा आँप खेती गरिन्छ तर नेपालमा एउटै बोटबाट वर्षेनी उत्पादन गर्न सक्ने अवस्था छैन । नेपालको आँपमा एक वर्ष बिराएर फल लाग्ने भएका कारण उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । सुक्ष्म अनुसन्धान र नयाँनयाँ प्रविधि भित्र्याउन सकिए नेपालमा आँप खेतीको राम्रो सम्भावना रहेको थाइल्याण्डका आँप अनुसन्धानकर्ताको भनाइ छ । क्यासेसर्ट विश्वविद्यालय थाइल्याण्डका अनुसन्धानकर्ता डा राभीले नेपालको मौसमअनुसार धेरै मात्रामा आँप उत्पादन गर्न सकिने बताए । नेपालमा फलफूल उत्पादनको कूल क्षेत्रमध्ये ३१ प्रतिशत आँपले नै ओगटेको छ तर यसको पूर्णरुपमा व्यवसायीकरण हुन सकेको छैन । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार सन् २०१३÷१४ मा करीब रु २२ करोडको १३ हजार ३५३ मेट्रिक टन आँप आयात गरिएको छ । मुख्य गरी सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तु, सुनसरी, झापा, मोरङ र पहाडी जिल्ला काभ्रे र धादिङमा आँप खेती हुने गरेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies