निर्मला हत्या प्रकरण गहिराईमा अनुसन्धान भइरहेको छ - प्रधानमन्त्री
फाल्गुन ८ गते, २०७५ बुधवार 20th February, 2019 Wed१३:४८:१८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारालाई जुनै हालतमा पनि कारबाही हुने बताएका छन् । सुदूरपश्चिम प्रदेशको संसदलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन् ।
प्रधानान्त्री ओलीले निर्मलाका हत्यारा पत्या लगाई छाड्ने बताए । ‘निर्मलाका हत्यारालाई सरकारले पत्ता लगाउँछ’, उनले भने, ‘त्यसमा गहिरो अनुसन्धान भइरहेको छ ।’
उनले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गरे । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु २८ अर्ब ८४ करोड छुटयाइएको छ ।
उनले पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको र अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भएकाले तीनै तहका सरकार मिलेर विकासका काम अघि बढाउनुपर्ने बताए । “सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण छ । महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ”, प्रधानमन्त्रीले भने, “औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन् तर जग्गाको सहजता मिलाइदिनुहोला ।”
सुदूरपश्चिम प्रदेशमा खान लाउन नपुग्ने कुनै कारण नभएको बताउँदै प्रधानमन्त्रीले भने, “तीव्र विकासको सम्भावना तपार्इंकै हातमा छ, यहाँ सम्भावना भएको केराखेती, फलफूलखेती बढाऔं, कृषि वन विकास गरौंँ, त्यसलाई बढाऔंँ फलफूलको उत्पादन निर्यात गर्न सकिन्छ, कानूनी जटिलता फुकाउन र आवश्यक बजेट व्यवस्था गर्न स्थिर सङ्घीय सरकार तपाईँको साथमा छ ।” प्रधानमन्त्री ओलीले महाकालीबाट आवश्यक मात्रामा पानी लिने र दोधारा चाँदनीका लागि आवश्यक १० क्यूसेक पानी लिने कुरा अघि बढिरहेको तर पञ्चेश्वर परियोजनाका विषयमा छिमेकबाट औपचारिक रुपमा ‘हुन्छ हुन्छ’ भन्ने तर अनौपचारिक रुपमा नाफाघाटाको कुरा आइरहेकाले ढिलासुस्ती भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पु¥याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिए । सुदूरपश्चिममा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा हटाउन विशेष अभियानै चलाउनुपर्नेमा जोड दिँदै उनले भने,“समस्या छ छाउपडी हटाऊ भन्दा नमान्ने दिदीबहिनी र दाजुभाइ धेरै छन् । अभियानै चालाएर अन्त्य गरौंँ ।”
प्रधानमन्त्री ओलीले आउँदो शैैक्षिक सत्रदेखि कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर रहन नहुने बताउँदै निर्मला पन्त बलात्कार पछिको हत्या काण्डका अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहे पनि पत्ता लाग्न नसक्नु दुःखद हो भन्दै पत्ता लगाएरै छाडिने बताए ।
सुदूरपश्चिम प्रदेशसभालाई करीब दुई घण्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भने, “युद्धका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन, अब क्रान्तिका नाममा कुनै लफ्फाजीको काम छैन, जनतामा आतङ्क फैलाउने, विकास आयोजना अवरोध गर्ने काम हुनुहुँदैन, नेपालमा शान्ति भएको छैन भनेर गलत सन्देश दिने प्रयास पनि गर्नुहँुदैन ।”
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: