Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव

रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी, घडेरीडाडा, भदौरे क्षेत्रमा साविक कायम वडा सिमानालाई परिमार्जन गरी दुई वडा थप गर्न हालै सम्पन्न गाउँपालिकाको चौथो गाउँ परिषद्बाट प्रस्ताव पारित गरिएको छ । प्रस्तावित वडा क्षेत्रमा भएको प्राकृतिक स्रोत, सेवाग्राहीको सहजता, जनसङ्ख्यासमेत विषेशज्ञद्वारा स्थलगत अध्ययन एवं रेखाङ्कन गराई वडा थप गर्ने व्यवस्थाको लागि प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरिएको उनले बताए । प्रस्तावित वडा थपको स्वीकृत हुनसके राम्चेका बासिन्दाले ठूलो राहत मिल्ने त्यस क्षेत्रका बासिन्दाले अपेक्षा राखेका छन् । गाउँपालिकाको चौथो परिषद्ले वडा थपको अलावा स्वास्थ्य सेवा व्यवस्थित गर्न र एकीकृत सम्पत्ति करमा समेत कायम गरी समयसापेक्ष सहज तथा सुलभ बनाएको छ । ग्रामीण महिलामा परेको स्वास्थ्यको समस्याप्रति गम्भीरतापूर्वक विश्लेषण गर्दै स्थानीयस्तरबाट बढी जनघनत्व भएको कालिकास्थान क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयको स्वामित्वमा रहेको एड्रा नामक भवनमा शल्यक्रिया सहितको प्रसूति सेवाको व्यवस्थापन गर्न रु २७ लाख बजेट विनियोजन गर्दै सेवा सञ्चालन गराउन स्वीकृतको लागि प्रदेश सरकारमार्फत केन्द्र सरकारसँग आग्रह गरेको गाउँपालिकाले जनाएको छ । सो क्षेत्रमा प्रसूति सेवा सञ्चालन हुनसके राम्चे, ग्राङ, पलेप, गुम्बुडाँडा, मनिगाउँ, ढुङ्गे, जिवजिवे, ज्याङ्लाङ धारापानी, माझगाउँ, धुसेनी गाउँलगायत नौकुण्ड गाउँपालिकाको पाँचवटै वडामा बसोबास गर्ने महिलाले स्थानीयस्तरमै स्वास्थ सेवा पाउने स्थानीयवासी टङ्कप्रसाद ढकालले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies