Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सहवासका बेला चलचित्रका नायक-नायिका सम्झनुहुन्छ ?

करुणा दिदी नमस्कार । मेरो मागी विवाह भएको तीन वर्ष भयो । विवाहअघि म कुनै युवतीसँग लिभिङ टुगेदरमा थिएँ । उनीसँग मेरो झण्डै छ वर्ष लामो सम्बन्ध रह्यो । विवाह गर्ने इच्छा थियो तर केही अप्ठयारो परिस्थितिले हामी अलग हुनुपर्‍यो । अरुसँगै विवाह गरे पनि अहिले मेरो जीवन राम्रो चलेको छ । श्रीमतीसँग पनि कुनै गुनासो छैन । एउटा समस्या भने खड्किइरहन्छ, त्यो के भने हामीबीच यौन सम्बन्ध भइरहेको बेला मलाई मेरी पूर्वप्रेमिकाको सम्झना आउँछ । खासमा जबसम्म मेरी प्रेमिकासँगको सम्बन्ध याद आउँदैन, मलाई श्रीमतीसँग सम्बन्ध गाँस्न मन लाग्दैन । उनीसँगको सम्बन्ध सम्झेपछि भने मेरो यौनसम्बन्ध राम्रो हुन्छ । सम्बन्ध निभाउन्जेल त ठिकै हुन्छ, तर सम्बन्धपछि भने दुःख लाग्छ । मैले मेरी श्रीमतीलाई धोका दिइरहेको त छैन भन्ने मनमा आउँछ । कहिलेकाहीँ सम्बन्धकै बेला यो कुरा मनमा आयो भने यौनमा आनन्दको अनुभुति हुँदैन । श्रीमती बेलाबेलामा आउने मेरो फरक व्यवहारबाट परिचित छिन् । तर, यसलाई उनी यौन समस्या मान्छिन् । मैले उनीसँग यो कुरा गर्न सकेको छैन । यो कुरा उनलाई थाहा छैन, तर थाहा होला कि भन्ने डर पनि लाग्ने गर्छ । यो कस्तो समस्या हो रु यसलाई कसरी निदान गर्न सकिन्छ बुझ्न पाए राम्रो हुन्थ्यो । करुणाको जवाफ:- श्रीमान-श्रीमतीबीचमा केही कुरा यस्ता पनि हुन्छन्, जसलाई लुकाएकै राम्रो हुन्छ । यो सम्बन्ध धेरै नै गम्भीर कुरा हो, तर केही कुरालाई लुकाउँदा सम्बन्ध अझ राम्रो हुन्छ भने त्यस्ता कुरा भन्न हतार गर्नु हुँदैन । तीन वर्षदेखि तपाईंमा जुन किसिमको समस्या छ, त्यो विस्तारै कम हुँदै जाने कुरा हो । किनभने जतिसुकै गहिरो कुरा किन नहोस्, मनले त्यसलाई साधारण बनाउँदै जान्छ । तपाईंको कुरा अनुसार पनि तपाईं पूर्व प्रेमिकालाई विवाह गर्न चाहनुहुन्थ्यो । तपाईंहरुबीच गम्भीर प्रेम थियो । तर, परिस्थितिले विवाह हुन सकेन । यसको अर्थ विवाहको सुरुतिर तपाईंले उनको याद धेरै पटक आउँथ्यो । अहिले त्यो घटेर गएको छ र यौन सम्बन्धका बेला मात्र त्यो याद बल्झन्छ । यसको अर्थ हो, यो घट्दै गइरहेको छ । यौन सम्बन्धका बेला प्रेमिकाको कल्पनाले यौनमा सहयोग गर्छ भने त्यसलाई नराम्रो भनिहाल्नुहुँदैन । यस्तो कुरा श्रीमतीलाई नभन्नु नै जाति हुन्छ । यो कुरा बताउनुभयो भने सम्बन्ध बिग्रन सक्छ । अझ तीन वर्षसम्म आफ्नो श्रीमानले अरुलाई नै मनमा राखेर आफूसँग सम्बन्ध राखिरहेको थाहा पाउँदा नमीठो लाग्नु स्वभाविक हो । त्यसैले यो कुरालाई तपाईंलाई भन्नुहुँदैन । तपाईंलाई धेरै नै अपराधबोध भएर ती कुरा बताउनुभयो भने श्रीमतीले चित्त नदुखाउन पनि सक्छिन् । तर, यो सम्भावना धेरै कम छ । कुनै पनि महिला आफूसँग सम्बन्ध राख्दा अरु कसैलाई सम्झन्छ भन्ने कुरा सहन गर्न सक्दैनन् । तपाईले कल्पना गर्नुभएको कुरा तपाईको श्रीमतीले थाहा पाउनुभयो तपाईहरुवीचको सम्बन्ध बिग्रन सक्छ । यसले तपाईको दैनिक जीवन, कामकाज वा सिर्जनशीलतामा हानी नोक्सानी पुर्‍याउन थाल्छ । यस्तो कल्पनाले मनोभावनामा असर पर्न थाल्छ । दैनिक उठबस, हिँडडुल, शारिरीक अभ्यास आदि गतिबिधिहरुमा असन्तुलन उत्पन्न हुन सक्छ । यौन सम्बन्ध राख्दा अरु कसैको कल्पना गर्ने विज्ञानलाई फ्यान्टासाइज भनिन्छ । यो महिलाहरुमा भन्दा पुरुषहरुमा बढी हुन्छ । मनोविज्ञानमा फ्यान्टासाइज गर्नु सामान्य नै मानिन्छ । धेरै मानिसको जीवनमा अरु नै महिलाले प्रभावित पारेका हुन सक्छन् । ती महिलासँग यौन सम्बन्ध राख्ने सकिने अवस्था हुँदैन । त्यस्तो अवस्थामा फ्यान्टासाइज हुन्छ । कहिलेकाँहि कस्तो कुराले समस्या बनाउँछ । मानौं कुनै पुरुषले आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखिरहेका बेला कुनै चलचित्रकी नायिकाको नाम लियो भने भने अथवा यौनसम्बन्ध पछि आफ्नो श्रीमतीलाई मैले यस्तो कल्पना गरेँ भन्यो भने त्यो मुर्खतापूर्ण हुनपुग्छ । यसलाई स्वथ्य सम्बन्ध मानिँदैन । यस्तो फ्यान्टासाइज पुरुषहरुमा बढी हुन्छ, तर महिलामा नहुने भन्ने हुँदैन । कुनबेला समस्या हुन्छ ? फ्यान्टासाइज हुनु सामान्य हो भनेर माथि भनियो । तर, कहिलेकाहीँ यो समस्या पनि हुन्छ । यो कुन बेला समस्या हुन्छ भन्ने कुरा भने सबैले बुझ्न जरुरी छ । जस्तो-तपाईंकै उदाहरण लिऔं, तपाईंले श्रीमतीसँग सम्बन्ध स्थापित गर्दा पूर्व प्रेमिकालाई सम्झने कुरा गर्नुभयो । तर, सधैंभरि उनलाई सम्झनुहुन्छ वा उनलाई नसम्झी श्रीमतीसँग सम्बन्ध नै राख्न सक्नुहुन्न भने यो समस्या हो । यसले खतरा निम्त्याउन सक्छ । यस्तो भयो भने तपाईंले एकपटक मनोविदकोे सल्लाह लिन जरुरी हुन्छ । यो सबैका हकमा लागू हुन्छ । दुई महिनामा एकपटक वा वर्षमा दुईरतीनचोटि फ्यान्टासी हुन्छ भने त्यसलाई सामान्य मान्नुपर्छ । तर, दैनिक अथवा जुन बेला सम्बन्ध राख्नुहुन्छ, त्यो बेला फ्यान्टासाइज हुन्छ भने त्यसलाई राम्रो मानिँदैन । आक्कलझुक्कल यस्तो हुनु सामान्य भए पनि हरेक पटक वा दैनिक आफ्नो पार्टनरसँगको यौन सम्वन्धमा कोही मान्छेको फ्यान्टाइसज नगरेसम्म उसलाई यौन आनन्द आउँदैन भने यसबारे कुनै मनोविदसँग सल्लाह लिनुपर्छ । सबैको दिमागमा आफ्नो ड्रिम गर्ल वा ड्रिम ब्वाईको कुँदिएको हुन्छ । सबैको फ्यान्टासी एउटै हुन्छ भन्ने हुँदैन । फ्यान्टासी कहिलेकाही त्यस्ता ब्यक्तिहरुमा पनि हुन सक्छ, जसलाई आफूले समाजमा देखेकै हुँदैन । कतिपयलाई चलचित्रमा वा कतिपयलाई पुस्तकमा देखेको पढेको हुन्छ । तिनलाई पाउने सम्भावना त छैन्, तर कतिपय अवस्थामा सुन्दरताले भरिपूर्ण मान्छे दिमागमा चित्रका रुपमा बस्छ । पार्टनर त्यही चित्रअनुसारकै हाइट, बेट, कलर, स्ट्रक्चर मिलेको भयो भने त्यसले यौनजीवन आनन्दायक बनाउँछ । पुरुष र महिला जो एकअर्काका यौन पार्टनर हुन्, उनीहरुको दिमागको चित्र वास्तविक जीवनमा पनि समान भएमा यौन सम्बन्ध एकदमै मधुर भएर जान्छ । त्यसका लागि खुल्ला भइरहनु नै पर्दैन, यस्तोमा उनीहरु आफै खुलेर आउँछन् । तर, जतिसुकै सुन्दरता भएता पनि पार्टनर दिमागमा रहेको तस्वीरभन्दा फरक भएमा सामाजिक रुपमा एकअर्कामा जतिसुकै खुले पनि यौन सम्पर्क त्यति धेरै आनन्ददायी नहुन सक्छ । आफ्नी श्रीमतीसँग सम्बन्ध राम्रो छँदाछँदै यी सोचाइहरु मनमा राखी सम्वन्ध अगाडि बढाउन खोज्ने हो भने सम्वन्धमा समस्या पैदा चाहिँ अवश्य हुन्छ । यौनईच्छा, यौन कृयाकलापका बारेमा खुलेर एक अर्कासँग कुरा गर्नुपर्छ । यीबाहेक हरेक यौन सम्पर्क हुनुभन्दा अगाडि एक अर्काको शरीर र भावनालाई महसुस गर्ने गर्नुपर्दछ । माथि उल्लेखित सम्पूर्ण कुराहरु अपनाए पछि पनि यी कुराले फाइदा गरेन भने थप विश्लेषण गर्नु आवश्यकता हुन्छ । तपाईको प्रश्नमा तपाई र श्रीमतीबीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । तपाईले यो समस्या आफूमा भएको स्वीकार्नु भएको छ भने यसबारेमा पनि श्रीमतीसँग कुरा गर्न जरुरी छ । एकअर्कासँग कुराकानी, आफ्ना चाहनाहरु अभिब्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरेमा यो समस्या त्यति बढेर जाँदैन । तपाईलाई पहिलाको सम्बन्धका कारण अहिलेको सम्बन्ध बिग्रेकोजस्तो लाग्छ भने यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । र मनमा ग्लानी भैरहन्छ भने उपचार गर्नु राम्रो हुन्छ । अनलाइन खबरबाट साभार
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies