Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

छिमेकी र चिनजानकै व्यक्तिबाट बालिका बलात्कृत

सिन्धुली। सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो । सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२र७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी आठ, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका पाँच र ४५ वर्षभन्दा माथिका छ बलात्कृत भएको उहाँको भनाइ छ । यसबाट सबैभन्दा बढी बालिका पीडित बनेका छन् । सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । उहाँका अनुसार आव २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् । जसमा निरक्षर व्यक्तिबाट छ, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गर्ने व्यक्तिबाट चार र सोभन्दा माथि शैक्षिक योग्यता भएको व्यक्तिबाट एक घटना घटेको छ । जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताउनुभयो । बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ । “तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो, हालसम्म आव २०७२र७३ मा १५, २०७३र७४ मा १२ र चालू आवको सात महीनामा ११ घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन्”, उहाँले भन्नुभयो । जबरजस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको उहाँको भनाइ छ । प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उहाँले प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो । बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक सिंहको भनाइ छ । “कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे अवधारणा बनाउँदैछौँ, बलात्कारका घटनाबाट धेरै बालिका पीडित भएको पाइयो, सबैभन्दा पहिला विद्यालयस्तरमा र समुदायस्तरमा कार्यक्रम गरी जबरजस्ती करणीलाई निरुत्साहित बनाई सभ्य समाज बनाउन प्रेरित गर्दै यससम्बन्धीका कानूनी प्रक्रियाका बारेमा समेत जानकारी गराउनेछौँ”, उनले भने । प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उनको भनाइ छ । बलात्कारजन्य घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन हुने र यसमा जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्थासँग पनि साझेदारी गरिने उनले बताए। समुदायमा जनचेतनाको कमी, पुरातन सोच तथा घर परिवारका अभिावकको रिसइवीका कारण बालिका बलात्कारको सिकार पर्ने गरेको उनले बताए । “विश्वासिला व्यक्ति, छिमेकी तथा चिनजानका व्यक्तिबाटै बलात्कारका घटना बढिरहेकाले प्रहरी यसप्रति अन्यन्तै संवेदनशील छ, अपराधीलाई कानूनी कारवाही गर्ने पाटो एकातिर छँदैछ त्यस सँगसँगै अपराधजन्य घटना नघटाउने सवालमा पनि प्रहरी जिम्मेवार भएकाले सबैको सहयोगमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोचका साथ अघि बढेको छु”, उनले भने । अबोध बालिकाले त्यस्ता नजिक व्यक्तिसँग क्रूर मानसिकताको बारेमा बोध गर्न नसक्ने भएकाले आफु कहाँ जाँदैछु र कोसँग जाँदैछु भनेर बालिकाले पनि घरपरिवारका अभिभावकलाई जानकारी गराउने र कहीँकतै कुनै पनि व्यक्तिबाट त्यस्ता क्रियाकलाप गर्ने आशयले कुनै पनि गतिविधि गरे तत्काल अभिभावकलाई खबर गर्ने र प्रहरीलाई जानकारी गराए त्यस्ता व्यक्तिलाई कारवाही गरिने उनको भनाइ छ । कतिपय बलात्कारका घटना प्रहरीसम्म नआई स्थानीयस्तरमै मेलमिलाप गराउँदा बालिका सदैव पीडित बन्ने र पीडकको मनोबल बढ्ने उनको भनाइ छ । जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने भएकाले समुदायस्तरमा मेलमिलाप नगराई कानूनी प्रक्रियामा आउन पनि उहाँले आग्रह गरे । सिन्धुलीमा दर्जनौँ सामाजिक सङ्घसंस्थाले घरेलु हिंसा, बलात्कार न्यूनीकरण, बालविवाह रोक्ने सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्गसम्म नपुगी सुविधासम्पन्न स्थान सिन्धुलीमाढीमा मात्र छलफल गर्ने गरेको गुनासो आउने गरेको छ । जिल्लामा रहेका सामाजिक सङ्घसंस्थासँग मिलेर अब जनचेतनामूलक कार्यक्रम स्थानीय समुदायस्तरसम्म सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies