Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

राष्ट्रपति ट्रम्पविरुद्ध १६ राज्यले गर्यो मुद्दा दायर

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका १६ वटा राज्यले मुद्दा दायर गरेका छन् । उनीहरूले मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउन आपत्काल लगाइएको विरोधमाा मुद्दा दायर गरेका हुन् । ट्रम्पले अमेरिकी संविधान उल्लंघन गरेको ती राज्यले दाबी गरेका छन् । कंग्रेसको अन्तिम निर्णय गर्ने अधिकारमाथि राष्ट्रपतिको आदेश अवैध भएको उनीहरूको दाबी छ । कैयौं रिपब्लिकन नेताले आपत्काल घोषणाको निन्दा गर्दै आएका छन् । ट्रम्पको कदम खतरनाक र कार्यकारी असफलता दर्शाउने उदाहरण भएको बताइएको छ । क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, माइन, मेरील्यान्ड, मिशिगन, मिनेसोटा, नेभाडा, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन र भर्जिनिया राज्य मुद्दाका पक्ष हुन् । गृहमन्त्रालयले उक्त पर्खालबाट क्यालिफोर्निया र न्यु मेक्सिकोमा पर्ने वातावरणीय प्रभावको मूल्यांकन नगरेको भन्दै असन्तोष व्यक्त गरेका छन् । राष्ट्रिय वातावरण नीति कानुन उल्लंघन गरिँदा समेत सम्बन्धित मन्त्रालय मौन बस्नु खतरनाक भएको ती राज्यको स्पष्टोक्ति छ । १६ वटै राज्यका महान्याधिवक्ता डेमोक्रेटिक पार्टी निकटस्थ छन् । पर्खाल बनाउन कंग्रेसको स्वीकृति नमिलेपछि ट्रम्पले शुक्रवार आपत्काल घोषणा गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies