Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

फ्रुटीको प्रलोभन देखाएर ११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको खुलासा

जनकपुरधाम । फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन आएका २२ वर्षीय नीरज जर्घामगरले रेश्मालाई सिकार बनाए । बोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर पर उखुखेतमा लगे । रक्सी, लागुऔषध (ट्याबलेट) र गाँजासमेत सेवन गरी मात्तिएका नीरजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जबर्जस्ती करणी गरे । बलात्कारपछि अचेत भएकी रेश्माले आफ्नो पोल खोल्ने डरले नीरजले उनको घाँटी थिचेर हत्या गरे । हत्यापछि बालिकाको शव लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि सुकेका उखुका पात, बालिकाले लगाएका कपडा र चप्पल राखेर आगो लगाइदिए । रेश्माको शवमा आगो लगाएपछि नीरज फेरि विवाहको घरमा गई नाचगान हेरी बसेका थिए । घटनाको भोलिपल्ट बिहान १०ः३० बजे स्थानीयले उखुबारीमा आधा जलेको शव देखे । शवमाथि कुनै लुगा नरहेको कारण पहिचान गर्न मुस्किल थियो । रेश्माले लगाएको स्वेटरको टुक्रा शवमाथि देखेपछि परिवारजनले उनको पहिचान गरेको थियो । उखुबारीमा आधा जलेको शव देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । यसरी समातिए अभियुक्त धनुषा बटेश्वर गाउँपालिका-४ बैगाली टोल काकाको घरमा बस्दै आएका नीरजको मामाघर हरिहरपुर मगरटोलमा छ । बालिकाको बलात्कारपछि हत्या गरी उनी बिहे घरबाट राति करिब ११ः३० बजे मामाघरमा गई सुते । बिहान उठ्दा गाउँमा बालिका हत्याको हल्ला भइसकेको थियो । नीरज आफैं पनि शव जलाएको ठाउँ हेर्न गए । घटनास्थलबाट मामाघर फर्किएर बिहान १० बजे गाउँबाट भागे । संवेदनशील एवं गम्भीर प्रकृतिको घटना भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी इकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थाल्यो । रेश्माको बलात्कार र हत्या गरेको अभियोगमा पक्राउ परेका नीरज जर्घामगर । अनुसन्धानका लागि हेटौंडाबाट तालिम प्राप्त कुकुरलाई पनि परिचालन गरियो । जनकपुर अञ्चल अस्पतालबाट चिकित्सकहरूको फरेन्सिक टोलीले घटनास्थलमा गई अनुसन्धान गर्‍यो । घटनास्थल, परिवारजन, आफन्त, प्रत्यक्षदर्शी र घटना भएको अघिल्लो दिनसम्म गाउँमा भएकाको उपस्थितिलाई प्रहरीले सूक्ष्म रूपमा केलायो । प्रारम्भिक अनुसन्धानले नीरज घटना हुँदा र पछि पनि गाउँमा रहेको देखिए पनि प्रहरीको सक्रियता बढ्न थालेपछि भागेको देखायो । नीरज आपराधिक प्रवृत्तिका युवा भएको प्रहरीको रेकर्डले देखाएको छ । प्रहरीले उसको खोजतलास तीव्र पार्‍यो । लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले नीरजलाई धनुषा विदेह नगरपालिका—२ दुहबीटोलबाट सोमबार पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको, केटी जिस्क्याएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारबाही गरेको, सार्वजनिक अपराधमा प्रहरी वृत्त कालिमाटीका साथै ३ महिना केन्द्रीय कारागारमा बसिसकेको प्रहरी रेकर्डले देखाएको एसपी शेखर खनालले जानकारी दिए ।नीरजमाथि जबर्जस्ती करणी, कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । आरोपीलाई कडा कारबाही गर्न माग परिवारमा भएको अकल्पनीय घटनाले रेश्माका आफन्त सम्हालिन सकेका छैनन् । रेश्माका बुबा एक सातापछि पनि राम्ररी बोल्न सकेका छैनन् । भतिजीको बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाही गर्न काका देवराज रसाइलीले जाहेरी दिएका छन् । धनुषा प्रहरी कार्यालयमा अन्नपूर्णसँग देवराजले भने, ‘हाम्री कलिली छोरीलाई निर्मम तरिकाले हत्या गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ ।’ बढ्दो बलात्कार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटना दोब्बर संख्यामा वृद्धि भएको छ । चालु वर्षको ६ महिनामै प्रदेशभर १ सय ६० वटा जबर्जस्ती करणीका घटना भए । बलात्कारका घटना धेरै चिनजानकै व्यक्तिबाट भएको प्रहरी तथ्यांक छ । चालु वर्षमा भएका बलात्कार घटनामा १ सय ८६ जना पीडक चिनजानका छन् । २ जना आफन्त र २९ जना अपरिचित व्यक्ति छन् । बलात्कार पीडित भने १० वर्षभन्दा मुनिका १७, १० देखि १६ वर्षसम्म ७० र १६ वर्षभन्दा माथिका ७३ जना छन् । यस वर्ष बलात्कार घटनामा संलग्न १ सय २८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने ९८ जना फरार रहेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी उद्योगका ७८ घटना जाहेर भएकामा ५६ जना पक्राउ परेका छन् । ३४ जना फरार छन् । गत वर्ष १ सय ७० जना बलात्कृत भएका थिए । साना बालिका छिट्टै लोभमा पर्ने र उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सकिने हुनाले पनि बलात्कारको सिकार हुने गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पाल बताउँछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies