Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

होसियार ! थोरै पिए पनि मदिराले गर्छ हानि, पर्ने असरहरु के- के हुन् ?

प्रतिष्ठित मेडिकल जर्नल द ल्यानसेटले गत वर्ष प्रकाशन गरेको अनुसन्धानको नतिजालगायत अन्य धेरै अध्ययनअनुसार जुनसुकै मात्रामा मदिरा सेवन गरे पनि यसले मानव स्वास्थ्यमा हानि मात्र पु¥याउँछ । लामो अवधिदेखि मदिरा सेवन गरिहेकामा मानसिक र शारीरिक समस्या देखापर्ने गरेको छ । मदिराकै कारण शरीरमा क्षति पुग्ने, सही तरिकाले दिमागले काम नगर्ने, शरीर नियन्त्रण नहुनेसँगै अन्य विभिन्न दीर्घरोग लाग्ने गर्छ । मदिरा सेवन नै उनीहरूको मृत्‍युको मुख्य कारण रहेको पछिल्लो अध्ययनले देखाएको छ । अब जानौँ, अत्यधिक मदिरा सेवनले स्वास्थ्य निम्त्याउने समस्याबारे: यस्ता समस्या कलेजोको रोग हामीले सेवन गरेको मदिराले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । अत्यधिक मदिरा सेवन गर्दा यसले कलेजोमा हानि गर्छ । यसले फ्याटी लिभर हुने सम्भावना बढाउँछ । मदिराकै कारण कलेजोमा बोसोको मात्रा बढ्छ । अन्ततः कलेजोसम्बन्धी सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । अकस्मात् सिरोसिस भएको अवस्थामा कलेजोले काम नै गर्न नसक्ने हुन्छ र ज्यान नै जाने जोखिम हुन्छ । सिरोसिस रोगको उपचार भनेको कलेजो प्रत्यारोपण मात्र हो । प्यांक्रियाटाइटिस लामो समयसम्म मदिरा सेवन गरेमा यसले पाचनग्रन्थीमा समस्या पैदा गर्छ । जसले गर्दा पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस (पेटमा जलन) भनिन्छ । पाचन प्रणालीसम्बन्धी करिब ७० प्रतिशत समस्या अल्कोहलका कारण हुने गरेको तथ्यांकले देखाउँछ । विभिन्न क्यान्सर विभिन्न किसिमका क्यान्सर ९अर्बुद रोग०को कारणसमेत मदिरा सेवन बन्ने गरेको छ । मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर मदिरा सेवन गर्ने मानिसमा बढी देखिन्छ । यस्तो समस्या सामान्य मानिसको तुलनामा उनीहरूमा दोब्बर रहेको पाइएको छ । ग्यास्ट्राइटिसदेखि अल्सरसम्म लगातार मदिरा सेवनले पाचन प्रणालीमा र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस हुन्छ । बिस्तारै अल्सर हुने सम्भावना उच्च रहन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा आन्द्रामा रक्तश्राव हुने जोखिम हुन्छ । प्रतिरोधात्मक क्षमता कमजोर नियमित मदिरा सेवन गर्ने मानिसमा बिस्तारै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ । यसले रक्तकोष र कोषिका नष्ट गर्छ । त्यस्तै, सेता रक्तकोष उत्पादनमा समेत बाधा आउँछ । मस्तिष्कमा क्षति मदिरा सेवन गर्नेमा आँखाको दृष्टिमा समस्या आउने, सम्झिन गाह्रो हुने, ढिलो बोल्ने वा प्रतिक्रिया ढिलो दिने, आवश्यकताभन्दा बिस्तारै हिँड्नेजस्ता समस्या देखा पर्छन् । यी सबै मस्तिष्कक्षतिका लक्षण हुन् । मदिराले व्यक्तिको दिमागमा असर पार्ने हुँदा सिर्जनात्मक क्षमतामा कमी बनाइदिन्छ । साथै, मस्तिष्कका रिसेप्टर नष्ट गरिदिने भएकाले मानिसलाई साधारण समस्या सुल्झाउन पनि गाह्रो पर्ने हुन्छ । मुटुमा समस्या अत्यधिक मदिरा सेवनले मुटुमा नकारात्मक असर गर्छ । यसले शरीरमा ट्राइग्लिसराइड (रगतमा हुने एक प्रकारको बोसो)को स्तर बढाउन सक्छ । ट्राइग्लिसराइडको उच्च वृद्धिले मुटुरोगसँगै मधुमेहको जोखिम बढ्छ । मुटुमा देखिने सुरुवाती समस्या जस्तै, उच्च रक्तचाप, अनियमित धड्कन आदि पनि मदिरा सेवनकै कारण हुन्छ । साथै, हृदयाघात, मस्तिष्कघात र अन्य दीर्घकालीन मुटुसम्बन्धी रोग निम्त्याउने  सम्भावना रहन्छ । दुर्घटना र चोटपटक जुनसुकै मात्रामा गरिने मदिरा सेवनले पनि दुर्घटना र चोटपटक निम्त्याउने गर्दछ । प्रायः हुने सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कार आदि पनि मदिरा सेवनकै उपज हुने गरेका छन् । मदिरा सेवनले उल्लेखितबाहेक पनि अन्य थुप्रै समस्या निम्त्याउँछ । नयाँपत्रिबाट साभार
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies