Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शेयर बजार ह्वात्तै घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । होटल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ विन्दुले बढेको छ । यस्तै बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बीमा १९ दशमलव शून्य आठ विन्दुले घटेको छ । घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टीलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक शेयर तीन दशमलव१८ प्रतिशतले कमाएका छन् । यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर छ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था पाँच दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका शेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies