Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ, पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन । कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । प्रभु बैंकको शेयर मूल्य समायोजन प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ प्रतिशत शेयर लाभांश दिएलगत्तै आज प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । बैंकको औशत आधार मूल्य रु २७२ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ । शिवम् सिमेन्टको साधारण शेयरको बिक्री शुरु वास्तविक क्षेत्रसमेत पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि आकर्षित भएका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै वास्तविक क्षेत्रलाई समेत धितोपत्र बजारमा प्रवेश गराउने लक्ष्य राखेका कारण ती क्षेत्रले धमाधम साधारण शेयर बिक्री गर्न लागेका हुन् । यसै क्रममा शिवम् सिमेन्टले आजदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता र मकवानपुरवासीका लागि पाँच लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको हो । उक्त शेयरमा सर्वसाधारण तथा मकवानपुरवासीले कम्तीमा ५० कित्ताका दरले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । यस्तै मकवानपुरबासीले पाँच लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सि–आस्वा र आस्वा प्रणाली लागू गरेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । आयोजना प्रभावितलाई भने मकवानपुरवासी भएको खुल्ने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि–आस्वा प्रणालीमार्फत निवेदन गर्नसक्ने प्रावधान राखिएको छ । कम्पनीले सर्वसाधारणका लागि अङ्कित मूल्य रु १०० मा रु २०० प्रिमियमसहित प्रतिकित्ता रु ३०० र मकवानपुरवासीका लागि अङ्कित मूल्य रु एक सयान प्रिमियम रु १०० सहित प्रतिकित्ता रु २०० का दरले शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर छिटोमा यही फागुन ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । तोकिएबमोजिमको शेयर बिक्री नभएमा आगामी चैत ५ गतेसम्म आवेदन पाइनेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies